नागरिकता विधेयक यथारूपमा बहुमतले पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक दोश्रो पटक जस्ताको त्यस्तै बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको थियो भने विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले नागरिकता विधेयकको पक्षमा छन् । प्रमुख प्रतिपक्षी दल एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा विधेयकको विपक्षमा रहे । एमालेका २८ जना बढी सांसदले विपक्षमा रहेरका थिए । गत साउन ७ गते प्रतिनिधिसभाले नेपाल नागरिकता संशोधन विधेयक २०७९ बहुमतले पारित गरेको थियो । यस्तै साउन १२ गते राष्ट्रियसभाले पारित गरेपछि प्रमाणीकरणका लागि विधेयक राष्ट्रपतिको टेवुलमा पुगेको थियो । राष्ट्रपति भण्डारीले गत साउन ३० गते विभिन्न ९ बुँदामा प्रश्नहरु उठाउँदै १५ सन्देश सहित सो विधेयक संसदमा फिर्ता पठाएकी थिइन् ।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री खड्का प्रसाद शर्मा ओली हुँदा करिब २२ महिना प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा छलफल भएर २०७७ असार ९ गते राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरी प्रतिनिधिसभामा प्रतिवेदन पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array