कांग्रेसकी सांसद पार्वता डिसी चौधरीद्वारा नागरिकता विधेयकको बिरोध, भनिन्-“पार्टी भन्दा देश ठूलो हो”

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

सत्तारुढ दल नेपाली कांग्रेसकी नेत्री एवम् सांसद पार्वता डिसी चौधरीले नागरिकता विधेयकको बिरोध गरेकी छन् । आज संसदमा नागरिकता विधेयकको बारेमा बोल्दै उनले नागरिकता विधेयकको विरोध गरेकी हुन् । उनले भनिन “मेरो आत्माले यो नागरिकता विधेयकलाई ठिक भन्न सकेन ।” धेरै सत्तापक्षका माननीय सांसदहरूलाई यो ठिक छैन भन्ने लागेको छ तर पार्टीको बन्धनको कारणले मुख खोल्न सक्नु भएको छैन भन्दै भनिन् ” पार्टी भन्दा देश ठूलो हो, नडराई मुख खोल्नुहोस।”

नागरिकता विषयमा बोल्दै उनले बिबाह गरेर आउनासाथ नागरिकता दिने कुराको चर्को आलोचना गरिन । उनले नागरिकता सवैलाई दिने भए आउनुहोस नागरिकता लैजानुहोस भनेर बिज्ञापन निकालौ भन्दै व्यंग्य गरिन ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थन गरिन । चौधरीले भनिन “हामीले राष्ट्रपतिको सम्मान गर्नु पर्दछ, राष्ट्रपति को व्यक्ति छ ठूलो कुरा होइन, व्यक्ति फेरिन्छ तर राष्ट्रपति राष्ट्रको प्रमुख हो, सम्मान गर्नु पर्दछ । राष्ट्रपतिको बिषयलाई लिएर भएको टिका टिप्पडी प्रति उनले आपत्ति जनाइन ।

उनले नागरिकता विधेयकको बिरोध गर्दा कांग्रेसका सांसदको झुकेको शिर र विपक्षी दलको उत्त्साहजनक तालि हेर्नलायक थियो ।

प्रतिक्रिया दिनुहोस्

Array