मौखिक सहमती पालन नगरेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न पुन: रोक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्नको लागि स्थानीयले पुन: रोक लगाएका छन । स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन । रिहा गर्ने भनेर मौखिक आश्वासन दिएको तर कार्यान्वयन नभएको स्थानीयको भनाइ छ ।

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो । बुधबार तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुबीच भएको ४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषयमा उल्लेख गरिइएको छैन ।

बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्