शेयर कारोबार मोफसलमा फैलिदै , १२ ब्रोकरले पाए शाखा खोल्ने अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– उपत्यका र प्रमुख सहरी क्षेत्रमा केन्द्रित भएर हुने गरेको शेयर कारोबार अब मोफसलमा पनि हुने भएको छ । त्यसको लागि नेपाल धितोपत्र बोर्डले १२ वटा ब्रोकर कार्यालयलाई २२ वटा शाखा कार्यालय खोल्न अनुमति दिइसकेको बोडले बताएको छ । सो मध्य १७ वटालाई शाखा संचालनका लागि र ५ वटालाई पुर्वाधार तयार गर्न स्वीकृति दिइएको धितोपत्र बोर्डले जनाकारी दिएको छ ।

भिजन सेक्युरिटिजले नवलपरासीको कावासोती, म्याग्दीको बेनी, तनहुँको दमौली र दिपशिखाले चितवनको टाँडी र कैलालीको लम्कीमा शाखा कार्यालय खोल्न अनुमति पाएका हुन् । नेपाल स्टक हाउसले नुवाकोटको विदुरमा, कैलालीको टिकापुरमा, आर्यताराले पाल्पाको तानसेन र कैलालीको टिकापुरमा शाखा संचालन गर्ने भएका छन् । अनलाईन सेक्युरेटिजले नुवाकोटको बट्टारमा, मल्ल एण्ड मल्लले पाँचथरको फिदिम र इलाममा, सेक्युर्डले झापाको दमकमा, त्रिशुलले नवलपरासीको कावासोतीमा, अक्सफोर्डले नवलपुरको भुमहीमा, डाइनामिकले चितवनको भरतपुरमा, दिव्याले पर्वतको कुस्मामा र जे।एफले दाङको तुल्सीपुरमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएको जानकारी दिएको छ ।

अनलाइन सेक्युरिटिजलाई रामेछापको मन्थलीमा र मोरगंको उर्लाबारीमा र दिपशिखा धितोपत्र कारोबार कम्पनीलाई सिरहाको लाहान र दोलखाको चरिकोटमा पुर्वाधार तयार गर्न अनुमति बोर्डले दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array