शुक्रबारदेखि माइकल अधिकारी रिलिज हुदैँ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – फिल्म माइकल अधिकारी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । बुधबार गोपीकृष्ण मुभिज चावहिलमा गरिएको प्रिमिएरमा शुक्रबारदेखि  फिल्म सार्वजनिक हुने टिमले बताएको छ । फिल्म ‘माइकल अधिकारी’ को प्रिमिएर हिजो गरिएको हो । फिल्म हेर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा। भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शिव श्रेष्ठ, गायक आनन्द कार्की, लोक गायक रमेश प्रसाई, अभिनेत्री तथा नेतृ रेखा थापा, अभिनेता रमेश उप्रेती लगायत राजनीतिक दलका नेता, कलाकर्मी तथा रंग पत्रकारको उपस्थिती रहेको थियो ।

प्रिमिएरमा सहभागी अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले फिल्मले उठाएको कथा राम्रो लागेको बताउँदा केहीले कलाकारको अभिनय उत्कृस्ट रहेको धारणा राखे । रञ्जित रौनियारको निर्देशन ‘माइकल अधिकारी’ उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण गरेका हुन् । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म सेरोगेसीको कथामा बनको हो । फिल्म शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

Array