नागरिकता विधेयक प्रतिनिधिसभाले भोलि पारित गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि बिहीबार प्रतिनिधि सभाको बैठकमा पेस हुने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको पहिलो संशोधन विधेयक पुनर्विचारका लागि भोलिको बैठकमा पेस गर्ने भएका हुन्।

 कतिपय सांसदहरूले राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संशोधन गर्नुपर्ने बताएका छन्। तर सत्ता गठबन्धनले विधेयक परिमार्जन नगर्ने जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेको छ। फिर्ता भएको विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन पाउने छैनन्।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक भोलि नै पारित गर्नेगरी प्रतिनिधि सभाले कार्यसूची तयार पारेको छ।

प्रतिक्रिया दिनुहोस्

Array