“आरोगेन्ट” मेयर बालेन् र फोहोर व्यवस्थापनको वास्तविकता (भाग १ )

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
11 Min Read
Aa

गोरक्षपोस्ट विश्लेषण :

 

काठमाण्डौ महानगर मात्र नभएर काठमाण्डौ उपत्यकाका सडक,गल्लि,टोल,खोला,किनार सवै फोहोरका थुप्रोले भरिएको छ । फोहोर व्यवस्थापनको बिषय बर्षौदेखि काठमाण्डौको मुख्य मुद्धा बन्दै आईरहेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा समेत फोहरको व्यवस्थापननै उमेदवारहरुको मूल  मुद्धा  रहेको थियो । निर्वाचित मेयर बालेन्द्र साह “बालेन्” को पनि मुख्य मुद्धा यहि थियो । तर निर्वाचित भएको झन्डै ३ महिना पुग्न लाग्दा पनि काठमाण्डौको फोहोर उठेन । सत्य यहि हो ।

सामान्य रुपमा बुझ्दा ल्यान्डफिल्ड साइटका स्थानीय वासिन्दाले फोहर फाल्न नदिएकोले फोहर उठ्न नसकेको भनिन्छ । सञ्चार माध्यमले सम्प्रेषण गर्ने समाचारलाई आधार मान्दा त्यस्तै बुझिन्छ । तर के यो पूर्ण सत्य हो? फोहर भित्रका झेल के हुन् ? बुझौ ।

सवै भन्दा पहिले त ल्यान्डफिल साइटका जनता जो बिरोध प्रदर्शन गरिरहेका छन्, उनीहरूलाई अमानवीय चरित्र बोकेका राक्षस देखाउन खोजिदैछ । के सत्य यहि हो ?

ल्यान्डफिल साइटमा रहेका स्थानीय बासिन्दा कहिलेदेखि त्यहाँ बसिरहेका छन् ? के ति मानिसहरू ल्यान्डफिल बनेपछि उक्त स्थानमा आएर बसेका हुन् ? बिषय यहाँबाट शुरु गरौ | ल्यान्डफिल साइटमा रहेका स्थानीय वासिन्दा ल्यान्डफिल बनेपछि त्यहाँ आएका होइनन । बरू पुस्तौ देखि त्यहाँ बसिरहेका स्थानीय वासिन्दालाई सयौ झुटा आश्वासन दिएर त्यहाँ डम्पिंग साइट बनाइएको हो । अलिक छुच्चो तरिकाले भन्दा बालेन्द्र साह “बालेन्” जन्मनु अघि अझ बालेनका अभिवावक काठमाण्डौको बासिन्दा हुनु भन्दा धेरै सताव्दी अघि देखिनै ति मानिसहरू उक्त स्थानमा थिए ।

आश्वासन साचै झुटा थिए जो अहिलेसम्म कुनै पुरा भएका छैनन् । अहिले ति ल्यान्डफिल साइटले प्रभावित भएका क्षेत्र जाने हो भने काठमाण्डौको फोहोर बिसर्जनको नाममा त्यहाँ भएको आततायी आतंक महसुस गर्न सकिन्छ । गाउघर भित्र पुगेको दुर्गन्ध, भन्कीरहेका झिगा देख्दा ति क्षेत्र साच्चै नर्क झैँ लाग्दछ । अझ पानीको मुहानमा परेको नकारात्मक प्रवाभ हेर्ने हो भने त, कम जनसंख्या भएको, सोझो र सालिन क्षेत्रमाथि पढेलेखेको सभ्य र बाठो काठमाण्डौले गरेको मानवता विरुद्धको अपराधले हरेक विवेकशील मानिसलाई स्तव्ध बनाउछ ।

त्यसैले ति ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका जनताले गरेको बिरोध प्रदर्शन गलत छैन । बरू त्यो त मानवता बिरुद्धको अपराध बिरुद्धको प्रतिवाद हो ।

अव प्रश्न उठ्छ – बालेन साह त भर्खरै मात्र मेयर भएका हुन् । उनलाई किन काम गर्न अवरोध गरियो ? अहिले किन आन्दोलन गरिदैछ ? सामान्यतय प्रश्न जायज छ । तर यो जायज प्रश्न भित्र अनुत्तरित बिषय  छन् । बालेन्द्र साह बालेन फोहोर व्यवस्थापनकै मुद्दा लिएर निर्वाचित भएका हुन् । त्यसैले उनको प्राथमिकतामा फोहोर व्यवस्थापन सम्बन्धि अल्पकालीन र दिर्घकालिन योजना हुनु पर्द थियो । अल्पकालिन योजना अन्तर्गत हाल चालु रहेका ल्याण्डफिल्ड साइटका प्रभावित क्षेत्रका समस्या समाधान पहिलो र काठमाण्डौको फोहर संकलन दोस्रो थियो । तर काठमाण्डौ उपत्यकाको फोहोर मध्य सबै भन्दा धेरै फोहोर उत्पादन हुने काठमाण्डौ महानगरका मेयरले प्रभावित स्थानीय वासिन्दा सँग प्रत्यक्ष संवाद गरेनन् । उनीहरूका चासो र सरोकार सुनेनन् । स्थानीय पालिकाका निर्वाचित जनप्रतिनिधि सँग भेटेर अन्तरक्रिया गरेनन् । उनीहरूलाई विश्वाशमा लिने काम गरेनन् । त्यति मात्र होइन उनले प्रदेश सरकार र संघिय सरकार र अन्य सरोकार वाला सँग उचित परामर्स गरेर योजना बनाउन लागेनन् । उनले महानगरको नीति कार्यक्रम र बजेट तर्जुमा गर्दा ल्याण्डफिल्ड साइटका जनताले विश्वाश गर्न सक्ने कुनै योजना तयार गरेनन् । त्यसको सट्टा बाग्मती प्रदेशका मुख्य मन्त्रीलाई भेटेर नेपाली सेना परिचालन गरेर फोहर फ्याक्ने योजना सुनाए , जसलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले तुरुन्तै अश्विकार गरे । त्यसैको परिणाम थियो धादिंङ्का जनप्रतिनिधि समेत रहेका बागमती प्रदेशका मन्त्री शालिकराम जम्मरकट्टेलको फोहर फ्याक्न नदिने उत्तेजक अभिव्यक्ति ।

मेयर साहले सोचे “उनीमात्र जनता द्वारा निर्वाचित सच्चा प्रतिनिधि हुन्, अरू निर्वाचित जनप्रतिनिधि त दलका झोले मात्र हुन् – जनताका प्रतिनिधि होइनन ।” यही “फल्स इगो”ले  उनलाई “आरोगेन्ट मेयर” बनायो । मेयर साहले के बुझ्नु पर्दथियो भने जसरि उनी फोहर व्यवस्थापनको मुद्दा बोकेर काठमाण्डौको मेयर निर्वाचित भए त्यसरीनै ल्याण्डफिल्ड साइटका जनप्रतिनिधि समेत नर्क बनेको उक्त स्थानको वास्तविकता परिवर्तन गर्ने एजेण्डा बोकेर निर्वाचित भएका हुन् । मेयर साह महान बरिष्ठ र ति पिडित क्षेत्रका प्रतिनिधि झुर कनिष्ठ होइनन् ।

हिजोमात्र सामाजिक संजालमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई घरबेटीका अंगरक्षक सम्म लेखे । प्रसँग थियो ककनी सडकको निर्माण पुरा नभएको बिषय । बालाजु-त्रिशुली-छहरे-विदुरको २५ किलोमिटर लामो सडक निर्माणको ठेक्का शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेजको थियो । अधिकारी प्रचण्ड बसेको घरका घरमूली हुन् । अधिकारी काम नगर्ने कुख्यात केहि ठेकेदारहरूको उपल्लो श्रेणीमै पर्दछन । प्रचण्डको बिबादित ठेकेदार अधिकारीको घरमोह विचित्र र बुझी नसक्नु छ । तर जुन सडक देखाएर मेयर साहले प्रचण्डलाई व्यंग्य गरे उक्त सडकको ठेक्का सडक विभाग अन्तर्गतको बालाजु-त्रिशुली-छहरे-विदुर सडक सुधार तथा विकास आयोजनाले ठेक्का रद्द गर्ने निर्णय गत असार ५ गते गरेको थियो । ५० प्रतिशत जति काम गरेको शैलुङ इन्टरप्राइजेजबाट काम खोसेर नयाँ ठेक्काको प्रक्रिया समेत शुरु हुन् लागिसक्यो । शैलुङ इन्टरप्राइजेजले असार १५ मा मुद्दा दर्ता गरेपछि अदालतले दिएको  अल्पकालिन आदेशका आधारमा मात्र नयाँ ठेक्का प्रक्रिया रोकिएको थियो । आज मात्र फेरी अदालतले शैलुंगको मुद्दा खारेज गरिदियो । अव उक्त सडक निर्माणमा प्रचण्डका घरबेटी औपचारिक रुपमा संलग्न छैनन् । यस अघिनै हटाईसकिएका ठेकेदारको बिषयलाई लिएर कसैलाई व्यंग्य गर्न मेयर पद जस्तो कार्यकारी पदमा बसेकोलाई सुहाउछ ? सस्तो स्टन्ट त होला तर यस्ता विषयले मेयर साहको अपरिपक्क छविलाई उदांगो मात्र बनाउछ । यस्ता आरोगेन्ट स्टन्टले समस्या समाधानलाई कुनै सहयोग भने गर्दैन ।

अझ गहिरो कुरा त के छ भने बालाजु-त्रिशुली-छहरे-विदुर सडक फोहोर व्यवस्थापनका गाडी कुद्नको लागि बनाईएको सडक होइन । पहिले पनि उक्त सडकबाट अत्याधिक फोहोर  बोकेका गाडी कुदे भनेर स्थानीय वासिन्दाले बिरोध गरेका हुन् । काठमाण्डौ मा दैनिक करिव ४००० टन फोहर उत्पादन हुन्छ । यसलाई व्यवस्थापन गर्न २१ टन फोहर बोक्ने गाडी व्यवस्थापन गर्दा २०० गाडी दैनिक कुद्नु पर्ने हुन्छ । सडक विभागका इन्जिनियर कपिल श्रेष्ठ का अनुसार बालाजु-त्रिशुली-छहरे-विदुर सडक २१ टन भारि बोकेर दैनिक २०० भन्दा धेरै गाडी कुद्ने गरिको भार बहन गर्ने स्तरको डिजाईन गरिएको छैन । यसै कुरालाई मध्यनजर गर्दै यस अघिनै फोहर ढुवानीको लागि भनेर नेपालटार हुँदै तीनपिप्ले जाने सडक डम्पिङ सडक भनेर निर्माण शुरु गरिएको हो । यो पूर्णत महानगरकै अकर्मण्यताले गर्दा निर्माण हुन् नसकेको जानकार बताउछन् । यो सडक निर्माण गर्न मेयर साह किन उदासिन छन् ?

अर्को सवै भन्दा महत्वपूर्ण पक्ष : के महानगरले फोहोर उठाउछ ?

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । यही ऐन अनुसार काठमाडौं महानगरपालिका भित्रको फोहोर मैला व्यवस्थापनको जिम्मा पनि काठमाडौं महानगरकै हो । ऐनमा स्थानीय तहको अनुमति बेगर कसैले पनि फोहोर मैला व्यवस्थापनको काम गर्न नपाउने उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकामा घरघर गएर फोहोर कसले उठाउछ, त्यसबापत कति शुल्क लिइन्छ  र कहाँ ब्यवस्थापन गरिन्छ भन्ने जस्ता आधारभूत जानकारी काठमाण्डौ महानगरपालिका लगायत  कुनै पनि निकायसँग छैन ।

तपाईलाई आश्चर्य लाग्ला काठमाण्डौ महानगरपालिकाले महानगरका  सार्वजनिक स्थल र सडक किनारामा भएको फोहोर मात्र उठाउ छ । तपाई हाम्रो घर आएर फोहर उठाउने महानगर होइन, कसले उठाउछ महानगरलाई थाहा सम्म छैन ।

स्थानीय तहको अनुमति बेगर कसैले पनि फोहोर मैला व्यवस्थापनको काम गर्न नपाउने उल्लेख भएपनि अहिले घरघरमा गएर फोहोर संकलन गर्न आउने कुनै पनि फोहोर संकलकले महानगरबाट अनुमति लिएका छैनन् ।

काठमाण्डौ महानगरपालिका वातावरण व्यवस्थापन विभागले दिएको जानकारी अनुसार महानगरले सडक किनारमा थुपारिएको र केही पुराना (असन, इन्द्रचोक जस्ता अत्याधिक बाक्लो बस्ती भएका केही क्षेत्रको) वस्तीको मात्रै फोहोर संकलन गर्छ । बाकी फोहर केही निजी कम्पनी र गैरसरकारी संस्था भन्नेहरूले गर्ने गरेका छन्, जसको वारेमा महानगरलाई कुनै जानकारी छैन ।

हासो उठ्दो कुरा त के छ भने भर्खरै प्रतिनिधि सभामा बोल्दै सांसद एवम् एमाले सचिव योगेश भट्टराईले फोहर व्यवस्थापन गर्ने तरिका एमाले सँग रहेको वताए । उनले यसो भन्दै गर्दा के बिर्शिए भने करिव ३ महिना अघिसम्म काठमाण्डौ महानगरको मेयरमा एमालेका जनप्रतिनिधि नै थिए र ति मेयरलाई पनि काठमाण्डौको फोहर कसले उठाउदैछ भन्ने थाहा थिएन ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद ४ मा स्थानीय तहले आफ्नो क्षेत्रभित्रको फोहोरमैला संकलन गर्नको लागि निजी क्षेत्र या सामुदायिक क्षेत्रलाई जिम्मा दिन सक्छ भनिएको छ । यसरी जिम्मा दिदा बोलकवोल मार्फत दिनुपर्ने(सार्वजनिक खरिद ऐन) र  संकलन गर्ने अनुमति पाएको कम्पनीले स्थानीय सरकारलाई कबुल गरेको रकम बुझाउनुपर्ने फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद ४ मा उल्लेख गरेको छ ।

ऐनमा फोहोर व्यवस्थापनको यति प्रस्ट कार्यदिशा भएपनि काठमाण्डौ महानगरले आजसम्म बोलकवोल मार्फत फोहर संकलक चयन गरेको छैन र कर अशुली समेत गरेको छैन । यसरि घर घर गएर फोहर संकलन गर्ने निजि, सामुदायिक र एनजी ओले प्रति घर न्युनतम ५०० रुपैया संकलन गर्ने गरेका छन् । यो रकम बार्षिक अरवौ हुने स्वयम् महानगरका कर्मचारी वताउछन् तर यसबारेमा कुरा गर्न डराउछन् । फोहर बाट मोहर कमाउने फोहर माफिया अनि चोट सहनुपर्ने ल्यान्फिल्ड साइटका वासिन्दाले ? मेयर साहले यस बिषयमा अझै सम्म किन हात हालेनन् ?

गोरक्षपोस्ट लाई प्राप्त जानकारी अनुसार एनजीओ र कम्पनी गरी ३९  वटा संस्थाले महानगरको विभिन्न क्षेत्रमा फोहोर संकलन गरिरहेका छन् । महानगर भने ठूला होटलको फोहरमात्र उठाउछ । जवकी फोहोर मैला व्यवस्थापन ऐन २०६८ मा ठूला होटल, रेष्टुरेण्ट र उद्योग कलकारखानाबाट निस्केको फोहोर उनीहरुले नै व्यवस्थापन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।

अझ महत्वपुर्ण कुरा त के छ भने फोहोरमैला निस्काशन, संकलन तथा अन्तिम व्यवस्थापन सम्बन्धी काठमाडौं महानगरपालिकाले तयार पारेको निर्देशिकामा पनि कुनै पनि निजी कम्पनी, गैरसरकारी संस्था र सामुदायिक संस्थाले संकलन गरेको फोहोर महानगरले विसर्जन गरेको स्थानमा विसर्जन गर्न नपाउने उल्लेख गरिएको छ । तर, निजी कम्पनी वा गैरसरकारी संस्थाले संकलन गरेको फोहोरमैला पनि महानगरले विसर्जन गर्ने ल्याण्डफिल साईटमै विसर्जन गर्ने गरिएको छ  ।

क्रमस :

प्रतिक्रिया दिनुहोस्

Array