निर्वाचन आयोगमा ८४ दल दर्ता, जाँचबुझ आजबाट सुरु हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – संसद र प्रदेश संसद निर्वाचनका लागि निर्वाचन आयोगमा नयाँ र पुराना गरी ८४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन् ।

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बर समेतको सूचीसहितको विवरण तयार गरेको छ । आयोगमा दर्ता भए अनुसार सीके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ । यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजबाट जाँचबुझ सुरु गरिनेछ ।

आयोगले दर्ता भएका दलका प्राप्त कागजात अस्पष्ट वा नपुगेको भए त्यस्ता कागजात माग्ने काम गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array