पेटको बोसो घटाउने अचुक उपाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौँ  – पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायामगर्नु पनि जरुरी छ ।

स्याउबाट धेरै स्वास्थ्य लाभ हुने कुरा धेरै अध्ययनबाट पत्ता लागेको छ । यसले हामीलाई अटोइम्यून रोगबाट बचाउँछ। केही अध्ययनले पार्किन्सन रोगमा स्याउको चिया पिउनु निकै फाइदाजनक रहेको पनि पत्ता लागेको छ । यस चियामा पाइने पोषक तत्वले ब्याक्टेरिया र भाइरससँग लड्ने शक्ति दिन्छ। यसरी सरुवा रोगबाट बच्न सकिन्छ ।

पेटका लागि लाभदायक

एप्पलको चियालाई पेटसम्बन्धी समस्या हटाउन पनि उपयोगी मानिन्छ । यसमा उच्च मात्रामा डाइटरी फाइबर हुन्छ, जसले कब्जियतको समस्यालाई हटाउँछ। यस चियाको सेवनले पाचन प्रणालीबाट हानिकारक पदार्थ बाहिर निकाल्न पनि प्रभावकारी हुन्छ। यसले मिर्गौलालाई स्वस्थ बनाउन काम गर्छ ।

हामीले हाम्रा बूढापाकाहरूबाट प्रायः सुनेका नै छौं कि दैनिक एक स्याउ खाने व्यक्तिले डाक्टरकहाँ जानु पर्दैन । स्याउ खाँदा धेरै रोगहरु लाग्दैन भन्ने कुरामा कुनै शंका छैन । तर स्याउको चिया पिउँदा पनि तौल घट्छ भन्ने कुरा तपाईलाई थाहा थिएन होला । आज हामी तपाइलाई कसरी तयार गर्ने एप्पल टी भन्ने कुराको जनकारी दिन्छौं ।

एप्पल टी कसरी बनाउने

एप्पल टी बनाउनका लागि २ कप पानी लिनुहोस् । यसलाई एउटा भाँडोमा राख्नुहोस् र कम आगोमा तताउनुहोस्। त्यसपछि त्यसमा चियाको झोला र कागतीको रस मिसाउनुहोस्। अब पानीलाई फेरि उमाल्नुहोस् र त्यही स्याउको टुक्राहरू राख्नुहोस्। अब त्यसमा दालचीनीको धुलो हालेर केही समय उमाल्नुहोस् । भाँडोलाई ग्यासबाट निकाल्नुहोस् र छल्नीबाट छानेर पिउनुहोस्। यदि तपाइँ नियमित रूपमा एप्पल टी पिउनुहुन्छ भने, तपाइँको केहि दिनमा तौल घटाउन थाल्छ।

व्यायाम

बिहानै हल्का व्यायम गरौं । अथवा साइक्लीङ वा योगा गर्दा पनि हुन्छ । यसबाट सकारात्मक भाव आउनेछ र सकारात्मक सोच्ने क्षमता बढ्छ । बिहान नियमित व्यायाम गर्दा पेटको बोसो सजिलै नियन्त्रणमा आउँछ ।

चिनीबाट टाढा

कम फ्याट भएको खाना खाने र चिनीबाट टाढा बस्ने मानिसहरु अरुभन्दा बढि फिट हुन्छन् । एक चम्चा चिनीमा १६ क्यालोरी हुन्छ ।

यसले सजिलै मेटाबोलिज्मबाट शरीरले उर्जा प्राप्त गर्छ । त्यसैले चिनीको सन्तुलित प्रयोगले मोटोपना बढ्दैन । तर, चिनीबाट बनेका मिठाई, जस्तै जेरी, लड्डु, आदि अत्यधिक सेवनले मोटोपना बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: