सरकारले बल प्रयोग गरेरै भए पनि फोहोर बञ्चरेडाँडामा पुरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– सरकारले काठमाडौंको फोहोर बोकेर गएको गाडिलाई बल प्रयोग गरेर भए पनि बञ्चरेडाँडामा पुराएको छ । स्थानीय वासिन्दाको अवरोध बिच प्रहरीको सुरक्षामा फोहोरको गाडि बञ्चरेडाँडामा पुगिसकेको छ । ल्याण्डफिल साइटमा फोहोर खसाल्दा पनि प्रहरी र स्थानीय आन्दोलनकारीबीच झडप भएको थियो । स्थानीय वासिन्दाले प्रहरीलाई लक्षित गरेर डुंगामुढा गरेका थिए भने भने प्रहरीले रबरको गोली र अश्रुग्यास हानेको थियो । स्थानीयले अलिे पनि ढुंगा हानिरहेकोले प्रहरीले बल प्रयोग गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array