नागरिकता विधेयक यथारुपमा अघि बढाउने सत्तागठबन्धनको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

सत्तागठबन्धनले नागरिकता विधेयक यथारुपमा अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेकि थिइन् । आज बसेको गठबन्धनको बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

माधव नेपाल निर्वाचन लड्न रौतहट जाने कुराको प्रभाव आजको गठबन्धनको बैठकमा देखिएको थियो । माधव नेपालले नागरिकता विधेयक जस्ताको त्यस्तै र तुरुन्तै पास गरेर प्रमाणिकरणको लागि पठाउन दवावपूर्ण प्रस्ताव गरे ।

बैठकमा राष्ट्रपतिले उठाएका सवाल र नागरिकले उठाएका अंगिकृत नागरिकता सम्वन्धि बिषयमा कुनै छलफल नभएको एक नेताले वताए ।

प्रतिक्रिया दिनुहोस्

Array