अमेरिकी वायु सेनाको टोली काठमाडौँमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
2 Min Read
Aa

आज बिहान अमेरिकी वायु सेनाको (युएस एयरफोर्सको) सी १३० बिमान काठमाडौँ अवतरण गरेको छ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन हुन गहिरहेको ब्यालेन्स नेल २२/५५३० तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको टोली काठमाडौँ आइ पुगेको हो। टोलीमा १७ जना अमेरिकी शेना रहेको जनाइएको छ ।

- Advertisement -
Ad image

इतिहासलाई फर्केर हेर्दा वि संवत २०५७मा शेर बहादुर देउवाको सरकार थियो। त्यो बेला अर्थ विधेयकमा नागरिकताको बुँदा हालेर पारित गर्ने प्रयत्न गरियो । तर तत्कालिन राजा विरेन्द्रले सर्वोच्च अदालतको सहायतामा सो विधेयक खारेज गराए ।

त्यस लगत्तै, भक्तपुरको दधिकोटमा अमेरिकी सेनाको टुकडी बस्न थाल्यो। बेली नाइटेङ्गेल भन्ने प्रोजेक्ट अन्तर्गत भुकम्प निरोधक भक्तपुरको अस्पताल निर्माण गर्ने गरि तालिम कार्यक्रम पछि पनि नेपालमै बस्ने चाँजो पाँजो मिल्यो।

ठ्याक्कै अहिले पनि नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेको भोलि पल्ट अमेरिकी सेना नेपाल आएको छ ।

आजै मात्र अमेरिकन खेमाका अभियन्ता भनेर चिनिने पत्रकार भेषमा रहेका कनकमणि दीक्षित प्रेरित द्वन्द पिडित समुहले प्रदर्सन गरेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा द्वन्द को खेति गर्ने गरेको आरोप लागेका कनकमणि दीक्षित लगायत अन्यको सहभागिता रहेको थियो । उक्त प्रदर्शनमा कनकमणि दिक्षितले सम्बोधन गरेका थिए ।

(युवराज कडेल को सहयोगमा )

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्