पानी नपर्दा रोपाइँ भएन, हजारौ किसानको रुवावासी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

बाँके को नैरनापुर गाउँपालिकामा बर्षा नहुदाँ हजारौ किसानको रुवावासी भएको छ । भोकमरी को आसंका र ऋणको चापले किसान चिन्तित भएका छन् ।

आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान पानी नपरेपछि निरास बहेका छन् । छेउमै राप्ती नदि बगेपनि नैरनापुरमा सिँचाइको वैकल्पिक व्यवस्था छैन ।

कुल ४५०० हेक्टर धान खेति योग्य जमिन भएपनि अहिले सम्म करिव ३५० हेक्टरमा मात्र रोपाई भएको छ । रोपाई भएको ३५० हेक्टरमा पनि खडेरीले धान सुक्न थालेको छ । खेतमा धाजा फाट्न थालेको छ ।

करिव ४०,००० जनसंख्या रहेको नैरनापुरको मुख्य आम्दानीको श्रोत्नै धान खेति हो | करिव ६५०० परिवार भोकमरी र गरिवीको चपेडामा पर्ने निश्चित भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले गोरक्षपोस्ट लाई वताए ।

नरैनापुर गाउँपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहका अनुसार गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा गरेर किसानका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र सङ्घीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ ।

सिंचाईको वैकलपिक व्यवस्थाको सम्भावना भएकोमा राज्यले पर्याप्त ध्यान नदिदा वैकल्पिक व्यवस्था हुन नसकेको स्थानीय बासिन्दा वताउछन् । राज्यले केहि डीपबोरिंग नगरेको भने होइन तर उचित व्यवस्थापन नहुदाँ ति संचालनमा छैनन् । धेरै त चोरी भईसके ।

प्रतिक्रिया दिनुहोस्