न्यायाधीशको छानबिन प्रतिवेदन न्याय परिषद्‍मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–न्याय परिषद्ले चार जिल्ला न्यायाधीशको छानबिन सकेर प्रतिवेदन न्याय परिषद्‍मा पेस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालत काजमा तानेर छानबिन थालेका ७ न्यायाधीशमध्ये पाँच जना न्यायाधीशका सम्बन्धमा प्रतिवेदन तयार पारेको जानकारी दिएको छ । न्याय परिषद् ऐन, २०७३ को दफा १७ बमोजिम न्यायाधीशका सम्बन्धमा आएका उजुरीसँग सम्बन्धित मुद्दाको अध्ययन गर्न तोकिएका सदस्यले आफ्नो रायसहितको प्रतिवेदन न्याय परिषद्‍मा बुझाएको न्याय परिषद् स्रोतले जानकारी दिएको छ ।

न्याय परिषद् ऐन, २०७३ को दफा १८ बमोजिम गठन भएका समितिले पनि न्यायाधीशमाथिको प्रारम्भिक छानबिनबाट न्याय परिषद्‍मा प्रतिवेदन बुझाएको छ । छानबिनमा तानिएका ७ जना न्यायाधीशमध्ये एक न्यायाधीशलाई सचेत मात्र गराएको बताइएको छ । दुई जना न्यायाधीशलाई बर्खास्तीका लागि सिफारिस गरिसकेको पनि जानकारी दिएको छ । दुई जना न्यायाधीशको बारेमा भने केहि जानकारी अहिले नदिएको पनि जनाइएको छ । बाँकी दुई जना न्यायाधीशका सम्बन्धमा भने उजुरी परेका मुद्दाका सम्बन्धमा अध्ययन भइरहेको न्याय परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array