सिट बाडफाडको बिषयलाई लिएर कांग्रेसमा बिबाद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

सिट बाडफाडको बिषयलाई लिएर नेपाली कांग्रेसमा बिबाद उत्पन्न भएको छ । आज सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर शेखर कोइरालाले ४० सिट माग गरेका छन् । सभापति देउवाले भने अहिले यसै हुन्छ भनेर भन्न नसक्ने जवाफ कोइरालालाई दिएको श्रोत वताउछ ।

सत्ता गठबन्धन सँग संयुक्त रुपमा निर्वाचनमा जाने सहमति गरेको कांग्रेसले १०० प्रतक्ष सिटमा दावी गरे पनि गठबन्धनका अन्य दल ७०/८० सिट भन्दा बेसी सिट कांग्रेसलाई छोड्न नसकिने वातउछन् । यसरि सत्ता गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलागिसकेको अवस्थामा नेता शेखर कोइराला समूहले ४० सिट दाबी गरेपछि कांग्रेसमा सिटबाडफाड पेचिलो बनेको हो ।

यसैगरि सत्ता गठबन्धनका प्रमुख नेता पुष्पकमल दाहाल “प्रचण्ड” लाई चितवन ०३ मा सघाउन नसकिने भन्दै चितवन कांग्रेसको बिद्रोही समूह भनिएको शेखर कोइराला समुहले छुट्टै भेला गरेको छ । भेलामा कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्याल, कांग्रेस नेत्री मीना खरेल लगायतको सहभागिता रहेको थियो । भेलाले प्रचण्ड बिरुद्ध अरू शक्ति सँग सहकार्य गर्न छलफल अगाडी बढाउने समेत निर्णय गरेको वताईएको छ ।

यसरी शेखर कोइराला आफ्नो माग पुरा गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समेतलाई घुमाउरो तरिकाले दवाव दिदैछन ।

सिट बाडफाडको बिषय पेचिलो बन्दै गएपछि शेखर कोइराला आफ्नो समुहको छुट्टै भेला बोलाउने तयारीमा जुटेका छन् ।

बिश्वस्त श्रोतका अनुसार सभापति शेरवहादुर देउवा शेखर कोइराला पक्षका जित्ने निश्चित देखिएका अधिकतम एक दर्जन लाई उमेदवार बनाउने सोचमा छन् । देउवाको यो सोचमा रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंह को समेत समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array