अमेरिकी अभिनेत्री एनी हेचेको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकी अभिनेत्री एन हेचको निधन भएको छ । एकसाता अगाडि सडक दुर्घटनामा परेकी हेचेको ५३ वर्षको उमेरमा निधन भएको हो । एकसाता अगाडि उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनापछि उनलाई अस्पताल पुर्याइएको थियो । अभिनेत्री हेचे लस एन्जलसमा कार दुर्घटना भएको एक हप्ता पछि, उनको मृत्यु भयो, डेली मेलले शुक्रबार रिपोर्ट गर्यो । उनले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array