संघीय सरकार विरूद्ध मधेश प्रदेशका मुख्यमन्त्री धर्नामा, हरेक दिन बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिईने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरूले आज संघीय सरकार विरुद्ध जनकपुरमा धर्ना दिएका छन् । पुर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आइतबार सुरु भएको यो धर्ना प्रदर्शन एक सातासम्म दिनहुँ बिहान ११ बजेदेखि १ बजेसम्म हुने मुख्य मन्त्री सचिवालयले जनाएको छ ।

धर्नामा मुख्यमन्त्री सहित गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, कानुनमन्त्री प्रमोद यादव, भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादव, खानेपानि तथा उर्जामन्त्री ओमप्रकास शर्मा, गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण लगायत सहभागि रहेका छन् ।

धर्नामा बसेका मुख्यमन्त्री राउतले गोरक्षपोस्ट संग कुरा गर्दै भने “प्रदेश को शुरक्षाको जिम्मेवारी प्रदेश सरकारको हो । प्रहरी बिनाको सरकारले शान्ति शुरक्षा दिन सक्दैन। प्रहरी बिनाको सरकार कल्पना गर्न सकिँदैन । हामीले ४ वर्षअघि नै प्रहरी ऐन बनायौं । त्यसपछि संघ सरकारले पनि प्रहरी समायोजन ऐन ल्यायो । ऐन ल्याएको पनि ढाई वर्ष भईसक्यो । प्रहरी समायोजनका लागि प्रधानमन्त्रीदेखि सबै दलका शीर्ष नेताहरूलाई ध्यानकर्षण गरायौं । तर पनि कार्यन्वयनमा आनाकानी भइरहेको हुँदा बाध्य भएर आन्दोनलमा उत्रिनु परेको छ ।” उनले थपे “आन्दोलन माग पुरा नभएसम्म जारि रहनेछ ।”

प्रतिक्रिया दिनुहोस्

Array