बीरगंजका मेहर राजेशमान सिंह समेतको संलग्नतामा किसानद्वारा ६ ट्रक रासायनिक मल कब्जा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

बीरगंज – बीरगंज महानगरपालिका का मेहर राजेशमान सिंह समेतको संलग्नतामा कृषि सामग्रीको गोदामबाट रासायनिक मल किसानले कव्जामा लिएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडको भुटनदेवीमा रहेको गोदामबाट ६ ट्रक रासायनिक मल किसानहरुले कब्जामा लिएका हुन् ।

भुटनदेवीमा रहेको गोदामबाट कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएको वताएका छन्  ।

किसानले नियन्त्रणमा लिएको मल बालमन्दिर प्राङ्गणमा राखिएको छ ।

पर्सामा कृषि सामग्री कम्पनी लिमिटेडको श्रीपुरमा रहेको कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।  पर्सामा धान गोड्ने बेला हुँदा पनि किसानले पर्याप्त मल नपाएको गुनासो गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

Array