डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा फर्कदै, हसिया हतौडा चिन्ह लिएर गोरखाबाट निर्वाचन लड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

माओवादी पार्टी परित्याग गरि नयाँ राजनीतिक शक्ति बनाउन हिडेका पुर्व माओवादी नेता डा. बाबुराम भट्टराई अन्तत: माओवादी केन्द्रमा नै फर्कने भएका छन् ।

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई बीच माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार बित्रको हसियाहतौडा र साझा घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमति भएपछि अन्ततः बाबुराम भट्टराई माओवादी केन्द्रमा फर्कने भएका हुन्  । दुवैले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिकता दिईने माओवादी केन्द्रका नेता बर्षमान पुनले वताए ।

निर्वाचन आयोगद्वारा आइतबार सार्वजनिक दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३को दफा ४९ लाई आधार बनाएर निर्वाचन आयोगले उक्त व्यवस्था गरेको जनाएको छ । उक्त दफामा दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था छ ।

यसमा महत्वपूर्ण कुरा के छ भने ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय समिति बन्न सक्नेछ । यसैगरी निर्वाचित सदस्य सोही संसदीय दलको सदस्य भएको मानिने ऐनले व्यवस्था गरेको छ । दुईवटा संसदीय दल नरहने भएपछि संयुक्त निर्वाचन चिन्ह लिएका दलहरूबीच एकतामा जानैपर्ने बाध्यता छ ।

डा बाबुराम भट्टराई लाई गोरखा निर्वाचन क्षेत्र दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” सहमत भएको श्रोतको दावी छ । राष्ट्रिय सभा सदस्य त्यागेर गोरखाबाट प्रतक्ष निर्वाचनको तयारी गरिरहेका नारायणकाजी श्रेष्ठ र उनको समूह प्रचण्डको यो निर्णयको बिपक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array