गर्मी मौसममा मेथी र पुदिना खानुको फाइदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – गर्मी महिनामा मेथीको साग र बीउ दुवै प्रयोग गर्न सकिन्छ। उमारेको मेथीको टुसाबाट विभिन्न परिकार बन्छन्। मेथीका टुसा, लसुन, अदुवा, बदाम, नुन–कागती हालेर सलाद बनाउन सकिन्छ। आलु, केराउमा र मेथीको टुसा हालेर अचार बनाउन सकिन्छ। मेथी भिजाएर बिहान–बिहान खाँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्छ। मेथीमा लौह तत्व हुन्छ। रेसादार तत्व पनि हुन्छ। यसले कब्जियत कम गर्न, पाचन प्रणालीमा सहयोग गर्छ। त्यसैले स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ। यो हरियो तरकारीका रूपमा पनि प्रयोग गरिन्छ। मेथीका दानामा सूक्ष्म मात्रामा, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, लौहतत्व, फोलिक, एसिडजस्ता खनिज र थोरै मात्रामा भिटामिन ‘ए’, ‘बी’, र ‘सी’ पनि हुन्छ।

पुदिनाको पातको महत्व विदेशमा धेरै छ। यसले स्वास्थ्य राम्रो गर्छ भन्ने कुरा थाहा नपाएर धेरैले महत्व दिएका छैनन् ।   औषधिका रूपमा त्यही पुदिना बजारमा आउँदा जति पनि पैसा तिर्छौं। भारतमा उत्पादन गरिएका ‘पुदिनहरा’ क्याप्सुल नेपाली बजारमा प्रशस्तै बिक्री हुन्छन्। बाँबरी नखानेले ‘पुदिनहरा’ चाहिँ खान्छन्। गर्मीको बेला पुदिनाका पात राखी बनाएको सर्बतमा बिरेनुन र कागती हालेर सेवन गर्दा स्वादिलो र लाभदायी हुन्छ। बाँबरी र कागतीको टुक्रा पानीमा १०–१२ घण्टा भिजाएर पनि खान सकिन्छ। बाबरी उमालेर चियाजस्तै बनाएर पनि खान सकिन्छ, जुन तरिकाले खाए पनि यसले स्वास्थ्यलाई फाइदा पुग्छ।

प्रतिक्रिया दिनुहोस्