कांग्रेसले लोकतन्त्र र प्रतिस्पर्धाको राजनीति त्यागी राजनीतिलाई  दुश्मनीमा धकेल्यो: एमाले अध्यक्ष ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्र र प्रतिस्पर्दाको राजनीति त्यागेको आरोप लगाएका छन् । ओलीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक प्रतिस्पर्धाको राजनीतिलाई  दुश्मनीतर्फ लगेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन् । ओलीले सत्ता गठबन्धन सँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने ल्याकत नभएको वताए ।

- Advertisement -
Ad imageAd image

 ओलीले – “जनताका बीचमा दुश्मनी भयो भने यसले  विकृत रुप लिन्छ, यस्ता घटनाले व्यवस्था र राष्ट्र बिरोधी शक्तिलाई  फाइदा हुन्छ ।” भन्दै चिन्ता व्यक्त गरे।

आजै मात्र नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विसाल भट्टराईले सत्ता गठबन्धन नटुटे एमालेले ३९ सिटमात्र जित्ने आधार रहेको वताएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्