कांग्रेस र एमालेलाई हिन्दु राष्ट्रको पक्षमा सहमत गराउन सक्छौ: राजेन्द्र लिङ्देन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमालेलाई हिन्दु राज्यका पक्षमा ल्याउन सकिने बताएका छन । काठमाडौंमा शनिबार भएको एक  कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको बलियो हैसियत बनाउन सके यो कुरा सम्भव भएको जनाएका हुन । अध्यक्ष लिङ्देनका अनुसार हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाको मात्र दुई तिहाइ बहुमत आवश्यक छैन् । पार्टीभित्र वा बाहिरका धेरै शुभेच्छुकहरुले भोट मागेर कति सिट आएर राजा ल्याउने, हिन्दु राष्ट्र बनाउने, वा संघीयता फाल्ने भनेर प्रश्न गर्ने गरेको स्मरण पनि उनले गरेका छन ।

राप्रपा जस्तो पार्टीले दुई तिहाइ बहुमत नल्याए पनि एउटा बलियो हैसियत प्राप्त गरेपछि कांग्रेस/एमालेहरुलाई यो देशमा कुनै न कुनै प्रकारको राजा चाहिने तर्क उनले गरेका छन। त्यसपछि हिन्दु राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्न वातावरण पनि निर्माण गर्न सकिने उनले स्पष्ट पारेका छन ।

पहिले संविधानसभा पनि नचाहेको कांग्रेस र एमाले, माओवादी केन्द्रको प्रभावमा परेर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमा सहमति जनाएको लिङ्देनले दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array