स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिनु हुदैन,यो सामाजिक शुरक्षाको बिषय हो: गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमा सामाजिक शुरक्षाको बिषय भएकोले यो सरकारकै मातहतमा रहनुपर्ने वताए । बजेट मार्फत  सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिने गरि अध्यन गर्न समिति बनाएकोमा आपत्ति जनाउदै, स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताए ।

शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै थापाले भने “निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए दिए त्यो बीमा नै रहदैन । हामीले गरेको स्वास्थ्य बीमाको कल्पना भनेको गुणस्तरीय स्वास्थ्य सेवाको सवै सम्म पहुच हो । निजि क्षेत्रलाई दिने भनेर यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । प्राइभेटलाई दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । यो फगत इन्स्योरेन्स होइन । यो हाम्रो  सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो।”

पहिले गिरिराजमणि पोखरेल र पछि त्यसको निरन्तरतामा  गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमाको शुरुवात गरिएको थियो । स्वास्थ्य बीमा गणतन्त्र स्थापना पछिको सवैभन्दा जनप्रिय कार्यक्रम हो । स्वास्थ्य र बीमा क्षेत्रका माफिया राजनीतिक नेतृत्वलाई प्रवाभमा पारि यसलाई असफल बनाउन लागिपरेका छन् । प्रधानमन्त्री देउवा, वहाँकी धर्म पत्नी आरजु देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत सत्ताका प्रमुख खेलाडी सवै स्वास्थ्य बीमा असफल बनाउन लागिपरेको जानकार वताउछन् ।

प्रतिक्रिया दिनुहोस्