कुरान र मुश्लिम कट्टरपन्थको बिरुद्ध लेख्ने बिश्वप्रशिद्ध लेखक सलमान रुस्दी माथि आक्रमण, अवस्था चिन्ताजनक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

कुरान र मुश्लिम कट्टरपन्थको बिरोधमा लेख्ने बोल्ने विश्व प्रशिद्ध मुश्लिम लेखक सलमान रुस्दी माथि खतरनाक आक्रमण भएको छ । उनमाथि छुरा प्रहार भएको छ । रुस्दीको आँखा छाती र कलेजोजोमा गम्भिर चोट लागेको छ । रुस्दी भारतीय मूलका ब्रिटिश अमेरिकन लेखक हुन् ।

 रुस्दी राल्फ हेनरी रीजसँगको चौटाउक्वा संस्थान ले आयोजना गरेको एउटा अन्तरसंवाद कार्यक्रममा न्युयोर्कमा बोल्दै थिए । अचानक न्युजर्सीका २४ वर्षीय हादी मातर नाम गरेको युवाले उनी माथि चाकु आक्रमण गरेको वताईएको छ । रुस्दीलाई तत्कालै हेलिकप्टरमा राखेर नजिकैको अस्पतालमा लागिएको थियो । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ। रुस्दीलाई आक्रमण गर्ने हादी मातरलाई कार्यक्रममा सहभागीले पक्राउ गरेका थिए । उक्त कार्यक्रममा २५०० भन्दा धेरै सहभागि थिए ।

रुस्दीका एजेन्ट एजेन्ट एन्ड्य्रू वाइल का अनुसार रुस्दीको अवस्था जटिल छ । रुस्दीले कम्तिमा एउटा आखाँ गुमाउन सक्नेछन ।

भारतको बम्बे (हाल मुम्बई)मा सन् १९४७ मा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति “मिडनाइट चिल्ड्रेन” बाट विश्व चर्चित बनेका हुन् । उक्त किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । यही किताबका लागि उनले प्रतिष्ठित बुकर अवार्डसमेत जितेका थिए । सन् १९८८ मा लेखेको “द सटानिक भर्सेस” पुस्तक प्रकासित भएपछि  रुस्दीले  ९ वर्ष भूमिगत हुनु पर्यो । पुस्तकले इस्लाम धर्म र कुरानको अनादर गरेको भन्दै बिभिन्न अतिवादी मुश्लिम सङ्गठनले उनीविरुद्ध फतवा जारी गरेका थिए । कति सम्म भने इरानका तत्कालीन सर्वोच्च नेता खामेनीले रुस्दीको हत्या गर्नेलाई ३० लाख अमेरिकी डलर दिने वताएका थिए। पुस्तक प्रकाशित भएपछिको हिंसामा पुस्तकका अनुवादकसहित दर्जनौं मानिस मारिएका थिए ।

रुस्दी आफ्नो नयाँ पुस्तक प्रकासनको तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्

Array