नुरप्रसाद अधिकारी द्वारा न्याय परिषद्को कार्यालयमा तोडफोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । तोडफोड गर्ने नुरप्रसाद अधिकारी रहेका छन। अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि भ्रष्टाचारको आरोप लगाउँदै उजुरी दिन भनी न्यायपरिषद् कार्यालय पुगेका अधिकारीले झ्याल ढोका कम्प्युटर प्रिन्टर सहित विभिन्न सामग्री तोडफोड गरेका हुन् ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीकाअनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् । साथै न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको कार्यकक्षको ढोकामासमेत फोडेर उनी भित्र पसेका थिए ।

नुरप्रसाद अधिकारी फुजेल घट्ना लाई लिएर अनसनरत गंगामाया र स्व. नन्दप्रसाद अधिकारीका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array