शैक्षिक योग्यता नपुगेको भन्दै भुवन केसीको नियुक्ति बिरुद्ध सर्वोच्चमा रिट दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

नवनियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उनको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

केसीलाई गत श्रावण ९ गतेको मंत्री परिसदको बैठकले बिकास बोर्डको अध्यक्षमा नियुक्ति गरेको थियो ।

विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै उनलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array