विमानमा आतंकवादी काण्ड: नेपाल प्रहरी र प्रशासन कसको लागि काम गर्दैछन ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं– नेपालको प्रहरी, प्रशासन र सरकार  कसको लागि काम गर्दछन ? एउटा गम्भीर सवाल खडा भएको छ ।

केहि दिन पहिले नेपाल बायुसेवाको बिमान उड्न ठिक्क परेको अवस्थामा रोकेर एक व्यक्तिलाई पक्राउ गरियो । पक्राउ पर्ने व्यक्ति थिए  नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछाने । पक्राउ गरि उनलाई कैलाली लगियो । यसरी पक्राउ गरिएका लामिछाने माथि अभद्र ब्यवाहारको मुद्दामा मात्र अनुसन्धान गर्यो । अन्तत उनलाई  जिल्ला प्रशासन कार्यालय कैलालीले १० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दियो ।

यो घटनाले मुलत केहि सवाल खडा गरेको छ ? उनीमाथि प्रहरीले पंजावमा डकैति भएको सुन किनेको र डकैतीको निम्ति लगानी गरेको आरोप लगाएको थियो । तर प्रहरीले छानविन गरेको बिषय थियो अभद्र व्यवाहार – किन ? चोरी डकैतीको सामान अर्थात विना विलको सामान अर्थात कर दाखिल नभएको र नहुने सामान । त्यसमा पनि सुन । यस बिषयमा किन अनुसन्धान गरिएन ? सुन तस्करी संसारकै टाउको दुखाईको बिषय, यस बिषयमा किन अनुसन्धान भएन । लामिछानेलाई अदालत नलगेर किन अर्ध न्यायिक निकाय जिल्ला प्रसासन कार्यालय लगियो ? सुनको तस्करी हुण्डी सँग जोडिन्छ । यस बिषयमा किन अनुसन्धान भएन ? यसको जावाफ नेपाल प्रहरी सँग छैन र हुनेछैन ।

गोरक्षपोस्ट लाई प्राप्त गोप्य सूचना अनुसार लामिछाने भारत पुग्ना साथ भारतीय जाच एजेन्सीले पक्राउ गर्दैथियो । जसका कारण सुन तस्करिको ठुलो जालोको पर्दाफास हुनेथियो । जसमा संलग्न सत्ता संचालक र शुरक्षा निकायका धेरैको नकाव उत्रिदै थियो । त्यहि भएर आत्तिएर जहाज रोकी लामिछानेलाई पक्राउ गरेको बहानामा भारत जान रोकियो र अहिले तारिकमा राखियो | यो पक्राउको एकमात्र उद्धेश्य सुनचादी व्यवशायी लामिछानेलाई नेपालमा रोक्नु र घटना दवाई सफेद पोसाकका अपराधि बचाउनु मात्र रहेको श्रोत को दावी छ ।

गोरक्ष पोस्ट यस घटनाको जरासम्मै पुगेर सत्यतथ्य बाहिर ल्याउ प्रयासरत  छ ।

प्रतिक्रिया दिनुहोस्

Array