टुबोर्गको साथ अमेरिकन आइडल स्टार आर्थर गन नेपाल आउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – डेनिस बियर ब्राण्ड टुबोर्गले २०२० का अमेरिकन आइडल स्टार आर्थर गनलाई नेपाल ल्याउने भएको छ। टुबोर्गले उनलाई आफ्नो होम कमिङ टुरका लागि नेपाल ल्याउने भएको हो। अमेरिकी गायन रियालिटी शो “अमेरिकन आईडल” को उपविजेता रहेका आर्थर गन् अर्थात दिवेश पोखरेललाई टुबोर्गको पहलमा यसै महिना नेपाल ल्याउने कम्पनीले जनाएको छ। टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन लागेको हो। आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरुमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।

होमकमिङ टुरको बारेमा आर्थर भन्छन्, “मेरो जन्मभूमि नेपाल फर्केर आउन पाउँदा म धेरै खुसी छु। यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकोमा टुबोर्गप्रति निकै धन्य छु। म सबैलाई भेट्न र मेरो यात्रामा मलाई साथ दिनुहुने मेरो शुभचिन्तकहरुको माझमा प्रस्तुति दिन निकै उत्साहित छु।”

- Advertisement -
Ad imageAd image

गोर्खा ब्रुअरीका बजार निर्देशक आशिष बिष्ट भन्छन्, “टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ। टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ। सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीतप्रेमीहरुलाई गौरवान्वित बनाएका छन् ।”

उनले आफ्नो पहिलो एल्बम ग्रहण २०१८ को शुरुवातमा रिलिज गरेका थिए। यसैगरी सन् २०१९ मा खोज एल्बम पनि सार्वजनिक गरिसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्