महानगर ! मच्चियो मच्चियो थच्चियो, नर्भिक अस्पतालले बनाएका संरचना नहट्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नर्भिक अस्पताललाई सार्वजनिक जग्गामा रहेको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएको काठमाडौं महानगरपालिका अन्तत पछि हटेको छ । अव यस बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले आआफ्नो तर्फबाट प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।

नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।

नर्भिक अस्पतालले भने संरचना भत्काउन नसकिने हिजै महानगरलाई पत्र लेखेर वताएको थियो । नर्भिकले उक्त जमिन २०६५ सालमा नेपाल सरकारसँग सम्झौता गरी लिजमा लिएको थियो।

शुरुमा वार्षिक ३३ हजार रुपैयाँ र प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने सम्झौता भएको थियो। सम्झौताअनुरूप अहिले लिजमा लिएको उक्त जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको छ । नर्भिक प्रसासनका अनुसार  सम्झौता बमोजिम भाडा र नियमित कर अस्पतालले तिर्दै आएको छ । जग्गा भाडामा लिएको १२ वर्ष भएको र अझै आठ वर्ष लिज सम्झौता बाँकी रहेकोले संरचना हटाउन नसक्ने अस्पतालको दावी छ |

प्रतिक्रिया दिनुहोस्

Array