२८औं विश्व आदिवासी दिवस; तनहुँका ५ पालिकामा सार्वजनिक बिदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

तनहुँका पाँचवटा स्थानीय पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मंगललबार २८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हो । आदिवासी जनजातिहरूको बाहुल्य रहेको क्षेत्र भएका कारण सार्वजनिक बिदा दिइएको ऋषिङ गाउँपालिका जनाएको छ ।

जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णयअनुरूप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिकाले बताएको छ ।

बिदा दिइएका पालिकामा अत्यावश्यकबाहेक कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, आधारभूत स्वास्थ्य कार्यालयल, विद्यालय, पालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था तथा निजी सङ्घसंस्था र निकायहरूलाई समेत सार्वजनिक बिदा दिइएको छ । जिल्लाका पाँच पालिकाहरूले सार्वजनिक बिदा दिएकोप्रति आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी जिल्ला अध्यक्ष बसुन्धरा घर्तीले आभार व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array