हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा नवराज ढुंगानाविरुद्ध मुद्दा दायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – विदेशी विनिमय अनुमति नलिई हुण्डी कारोबार गर्ने नवराज ढुङ्गानाको ६९ लाख जफत गरेको छ। अनुसन्धानमा सो रकम जापानमा रहेका भनिएका प्रज्वल ढुंगानाले सुवासजङ्ग पाण्डेलाई भने मुताविक सुवासजङ् पाण्डेले नवराज र फणिन्द्रलाई वरामद उक्त रकम उपलब्ध गराएको देखिएको हो। ढुंगानालाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय र महानगरीय प्रहरी वृत्त काठमाडौंको संयुक्त टोलीले  पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा प्रतिवादीहरूले बरामदीत रकमलाई पुष्टि तथा प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र नलिएको भेटिएको छ।
प्रहरीले प्रतिवेदनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा दाखिला गरेको थियो । खानतलासी तथा वरामदी मुचुल्का,प्रतिवेदन, प्रतिवादीहरुको वयान, खानतलासी तथा बरामदी गर्ने प्रहरी कर्मचारीहरुले गरिदिएको कागज, कल डिटेल्स रेकर्ड, समेतबाट उक्त रकमका सम्बन्धमा अनुसन्धान हुँदा अवैध हुण्डी कारोवार गरेको पुष्टि भएको विभागले जनाएको छ।
विभागले अनुसन्धान टुंग्याएर थप कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array