सत्ता गठबन्धन टुट्ने संकेत!

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं– नेपाली कांग्रेसले धोका दिन सक्ने भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीले नयाँ रणनीति बनाउन शुरु गरेका छन् । श्रोतका अनुसार सत्ता गठबन्धन टुट्ने संघारमा पुगेको छ । पछिल्ला केहि दिन यता माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र बर्षमान पुन एमाले सँगको चुनावी तालमेलको वातावारण वनाउन खटिएका छन् , त्यस्तै कांग्रेस र एमाले दुवैले धोका दिन सक्ने भन्दै कांग्रेस एमाले बाहेकका दलको गठबन्धन निर्माण गर्न समेत प्रयासरत छन् ।

यो बुझेका कांग्रेस सभापति देउवाले हिजो मात्र लोसपाका नेतालाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । आज मात्रै कांग्रेसका वरिष्ठ नेताहरूको बैठकले साठी चालीसको आधारमा भागवण्डा गर्ने निर्णय गरेको छ | यसै सन्दर्भमा नेकपा (एस) र माओवादी केन्द्रका नेताहरू सँग कुरा गर्दा खुल्न चाहेनन् । तर एउटा कुरा भने सवैले प्रष्ट पारे कांग्रेसलाई बहुमत दिलाउन मात्र गठबन्धन गर्न सकिदैन, साठी चालीसको भागबण्डा कांग्रेसले भने जसरि सम्भव छैन । अ! कांग्रेसले ४० लिनेर बाकिलाई साथि दिने हो भने सोच्न सकिन्छ ।

भदौ दोस्रो हप्ता सम्ममा बाडफाड टुंग्याउने भनिएपनि नेपाली कांग्रेस व्यवाहारत सत्ता गठबन्धनका बाकि दललाई झुलाउने, झुक्याउने र अलपत्र पार्ने योजनामा रहेको देखिएको नारायणकाजी निकट श्रोतले वतायो । नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, झलनाथ खनाल जस्ता नेता सतारुढ गठबन्धनको बिकल्प खोज्न प्रयासरत रहेको श्रोतको दावी छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाल फर्किए लगत्तै यस बिषयमा सगन छलफल हुने वताइएको छ । नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपाल भने अहिले सम्म सत्ता गठबन्धनकै पक्षमा रहेका छन् ।

सिट बाडफाड सम्म पुग्दा राजनीतिक शक्ति  सन्तुलन र गठबन्धन धेरै परिवर्तन हुन सक्ने अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array