कार्यकर्तालाई राजिनामा दिनु भन्दै किन रिसाए एमाले अध्यक्ष ओली ??

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

पार्टी सदस्य संख्या भन्दा कम भोट आएपछि नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली रिसाएका छन्| ओलीले शुर्यमा मतदान नगर्ने कार्यकर्तालाई पार्टी छोडेर जान भनेका छन् | पार्टी नेता कार्यकर्ता भएपछि त्यसमा पनि कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता भएपछि पार्टीको पक्षमा मतदान गर्नु आधारभूत नैतिकता भएको ओलीले वताए | यदी पार्टीको निर्णय चित्त बुझ्दैन र पार्टीलाई मतदान गर्न सकिदैन भने राजिनामा दिएर पार्टी छोडे हुन्छ, तर पार्टी सदस्य भएर अन्तरघात गर्ने छुट कसैलाई छैन, ओलीले भने |

यसै सन्दर्भ सँग जोडेर नुवाकोटको एउटा वडाको घटनालाई प्रतिनिधि घटनाको रूपमा ओलीले प्रस्तुत गरे | नुवाकोटको एउटा वडामा पार्टी सदस्य संख्या ३९ जना थियो, पार्टीको मत आयो २४ मात्र | यस्तो किन भयो ? पार्टी सदस्य, शुभेच्छुक, भात्री संस्था कता गए ? पार्टी सदस्य संख्या बराबर पनि मत किन आएन? पार्टीलाई मत दिन नसक्ने नचाहने किन पार्टीमा बस्ने ? सरक्क राजिनामा दिने |

अध्यक्ष ओलीले पार्टीमा पार्टी नीति बिपरित काम गर्ने कसैलाई छुट नभएको वताए | साथै उनले यो पटक एमालेलाई हार्न छुट नभएको भन्दै बहुमतको लागि परिचालित हुन निर्देशन दिए |

प्रतिक्रिया दिनुहोस्

Array