लोसपाको बैठक स्थगित, निष्कर्षमा पुगेपछि बैठक बस्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। बैठकमा प्रस्तुत हुने एजेण्डाको तयारी पूरा नभएकोले बैठक स्थगित गरिएको हो ।
चुनावी गठबन्धन, संगठन विस्तारलगायतका विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रस्तुत हुने एजेण्डाको तयारी पूरा नभएकाले बैठक स्थगित गर्नुपरेको पार्टीका नेता मनिष मिश्रले जानकारी दिएका छन। चुनावी गठबन्धनका लागि दलहरूसँग अझै केही छलफल गर्ने र निष्कर्षमा पुगेपछि बैठक राख्ने योजना अनुसार आजको बैठक स्थगित भएको हो।

लोसपाले चुनावी गठबन्धनका लागि कांग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग छलफल गरिरहेको छ। लोसपा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्