जगदीप धनखर बने भारतको १४औँ उपराष्ट्रपति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – भारतको १४औँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन् । शनिबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनले मार्गरेट अल्भालाई पराजित गरेका हुन् । शनिबार भएको निर्वाचनमा जम्मा ७२५ मत खसेको थियो । जसमध्ये जगदीप धनखरले ५२८ मत पाएका छन् । विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत पाएकी छन् ।

१५ मत बदर घोषित भएको छ । यससँगै उपराष्ट्रपतिको निर्वाचनमा जगदीप धनखर विजयी घोषित भएका छन् । देशका नवनियुक्त उपराष्ट्रपति जगदीप धनखरले अगस्ट ११ गते सपथ लिनेछन् । वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ।
धनखर जुलाई २०१९ मा पश्चिम बंगालको राज्यपाल पनि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array