विमानमा आतंकवादी नभएर भारतमा सुन चोरी गरेको आरोप लागेका व्यक्ति, घटना संकास्पद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

आतंकवादी रहेको आशंकामा रोकिएको नेपाल एयरलाइन्सको न्यारो बडी आरए ३२० विमान मुम्बई लाई उडेको छ ।

बिमान मा कोहि आतंकवादी नभएर भारतमा सुनचोरी तस्करी गिरोहमा संलग्न भनिएका व्यक्ति रहेको र उनको पक्राउको लागि बिमान रोकिएको खुलेको छ ।

प्रहरी श्रोतका अनुसार विमानबाट कैलालीका सन्तोष लामिछाने र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विमान उड्नलाग्दा प्रहरीको विशेष ब्युरोबाट विमानस्थल प्रहरीलाई ‘विमानमा केही शंकास्पद व्यक्ति रहेको र केही समय होल्ड गर्नू  भन्ने निर्देशन आएपछि बिमान रोकिएको थियो।

यसरि अचानक उडान रोकेर पक्राउ गरिएका सन्तोष लामिछाने सुनचाँदी व्यवसायी हुन् । उनको कैलाली धनगढी ३ मा सौगात सुनचाँदी तथा गरगहना पसल छ । उक्त पसल सामान्यतया उनकी श्रीमतीले संचालन गर्दछिन। लामिछानेको अधिकांश समय भारतको बुम्बई र कलकत्तामा वित्ने गरेको वताइन्छ।

बुधबारसमेत उनी  सुनचाँदी व्यवसायको सिलसिलामै श्रीमतीसहित मुम्बई जान लागेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद जोशीका अनुसार उनीमाथि भारतका विभिन्न ठाउँबाट करोडौँको सुन चोरीको आरोपमा उजुरी परेपछि प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो ।

तर प्रहरीको यो दावी आफैमा अपूर्ण र संकास्पद देखिन्छ । भारतमा चोरी गरेको आरोपलागेका व्यक्ति भारत नै जादैथिए । जहाज नै रोकेर उनलाई गिरफ्तार गर्नुपर्ने कदम त्यति तर्कपूर्ण देखिदैन।

विश्वस्त श्रोतका अनुसार लामिछाने पहुचावाला सुन तस्करका भरपर्दा मुख्य कारिन्दा हुन् । भारत पुग्नासाथ भारतीय प्रहरीले उनलाई पक्राउ गर्दै थियो। सुन तस्करीमा उनलाई प्रयोग गर्ने  ,साथ दिने र उनको संरक्षण गर्नेको पर्दाफास हुने डरले पहुचावाला तस्करको आग्रहमा उनलाई रोकिएको हो। यस्तोमा धेरै एक्स्पोज भएकाको हत्या हुनु सामान्य हुने जानकार वताउछन्। यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array