अमेरिकी ड्रोन आक्रमणमा अल कायदाका मुख्य नेता जवाहिरी मारिएको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं–अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको  ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारिएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले जवाहिरी मारिएको पुष्टि गरेको बीबीसीले जनाएको छ। जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको ट्रेल कोरेका थिएु वाइडेनले भने, ुअब न्याय दिइएको छ र यी आतंकवादी नेता रहेनन्।
अधिकारीहरुले जनाए अनुसार जवाहिरी एक सुरक्षित घरको बार्दलीमा रहेको बेला ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको बताइएको छ। परिवारका अन्य सदस्यहरू त्यहाँ उपस्थित भए पनि उनीहरुलाई कुनै हानी नभएको र जवाहिरीको मात्र मृत्यु भएको उनीहरुको दाबी छ ।
अमेरिकी राष्ट्रपति वाइडेनले ७१ वर्षीय अल(कायदा नेतामाथि ुसटीक आक्रमणुका लागि अन्तिम स्वीकृति पनि दिइसकेका थिए ।
सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मेवारी लिएका थिए। उनी र लादेनले मिलेर ९र११ आक्रमणको योजना बनाएका थिए र उनी अमेरिकाका ुमोस्ट वान्टेड आतंकवादीु मध्ये एक थिए। अल(कायदा नेताको हत्याले २००१ आक्रमणका पीडित परिवारहरूलाई नजिक ल्याउने वाइडनको भनाइ छ।

जवाहिरीले हत्या र हिंसाका अन्य कार्यहरुको पनि योजना बनाएको वाइडेनको आरोप छ। २००० को अक्टोबरमा अडेनमा युएसएस कोल नौसेना विनाशकमा आत्मघाती बम विष्फोटसहित १७ अमेरिकी नाविकको मृत्युसहितका हिंसाको जवाहिरीले योजना बनाएको वाइडेनको भनाइ छ।

अफगानिस्तानमा सत्ताको वागडोर सम्हालिरहेको तालिबानले भने अमेरिकी कारबाही अन्तर्राष्ट्रिय सिद्धान्तको उल्लंघन भएको बताएको छ। तालिबानका प्रवक्ताले अमेरिकी कारबाही अन्तर्राष्ट्रिय सिद्धान्तको स्पष्ट उल्लंघन भएको बताए।

एजेन्सि

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: