निजी विमानस्थल बनाउँदै एलोन मस्क

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – विश्वकै धनी व्यक्ति एलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् । मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् । स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् ।

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ । बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: