इरानमा बाढीले बगाउँदा २४ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ – इरानमा दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । राजधानी तेहरान नजिकै भारी वर्षाका कारण २४ जनाको मृत्यु भएको हो भने १९ जना बेपत्ता भएके रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ ।
‘बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ । इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो । इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त मुसल धारे वर्षापछिको बाढी पनि सामना गरेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array