तिब्बतमा १५ हजार वर्ष पुरानो भाइरस भेटियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ- तिब्बतको हिमनदीमा अहिले सम्म पहिचान नभएका भाइरसहरु भेटिएका छन् । तिब्बती प्लेटोस्थित हिमनदीबाट वैज्ञानिकहरूले ल्याइएको हिउँको नमुना अध्ययन गर्दा पहिचान नभएका भाइरसहरू पत्ता लागेको हो । अध्ययन गर्दा १५ हजार वर्षसम्म पुराना भाइरसहरू पत्ता लागेका छन् ।

गुलिया आइस क्यापको शिखरबाट खनेर ओहायो विश्वविद्यालयका वैज्ञानिक तथा माइक्रोबायोलोजिस्टले २०१५ मा दुईवटा हिउँको ढिक्का झिकेका थिए, यो स्थान समुद्री सतहबाट २२ हजार फिट माथि छ । यसपछि अध्ययन टोलीले विश्लेषण गर्दा ३३ वटा भाइरस भेटिए, त्यसमध्ये कम्तिमा २८ वटा भाइरसहरू नयाँ थिए । चिसोका कारण यी भाइरसहरू बाँच्न सफल भएका थिए ।

अध्ययनकर्ताहरूका अनुसार यो भाइरस माटो वा बिरुवाबाट उत्पन्न भएको हुनसक्ने जनाएका छन् । हिमनदीमा रहेका यी भाइरसहरूबारे तुलनात्मक रूपमा धेरै कम थाहा छ । तर, जलवायु परिवर्तनका कारण हिउँ पग्लिरहेका बेला यो खोजीलाई निकै महत्त्वका साथ हेरिएको छ । ‘यसले सर्वसाधारणलाई ध्यानाकर्षण गराएको छ,’ अध्ययनमा संलग्न ओहायो विश्वविद्यालयका अर्थ साइन्सेज प्रोफेसर लोन्नी थम्पसनले भने । कोभिड १९ महामारीले माइक्रोबियल समुदायबारे अध्ययन गर्नुको महत्त्वबारे जागरण सिर्जना गरेको उनले बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array