फिलिपिन्समा ७.१ म्याग्निच्युटको भूकम्प, ४ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – फिलिपिन्समा शक्तिशाली भूकम्पमा जादाँ कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ । ६० जना भन्दा धेरै घाइते भएका छन् ।
फिलिपिन्समा उत्तरी लुजोन टापुलाई केन्द्रविन्दु बनाएर ७१ म्याग्निच्युटको भूकम्प गएको छ। भूकम्पमा परी कम्तिमा चार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय समयानुसार बिहान ८ बजेपछि आएको भूकम्पले भवनहरू भत्किएका छन् भने ठाउँठाउँमा पहिरो गएको छ।

भूकम्पबाट लुजोन टापुको अब्रा प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ । उद्धारकर्ताहरुले भत्किएका संरचनामा पुरिएकाहरुको खोजी तथा उद्धार जारी राखेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूकम्पको धक्का जापान, ताइवान र चीनमा समेत महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array