भारतमा निरन्तर संसद अवरुद्ध गरेपछि १९ सांसद निलम्बन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– भारतमा मूल्यवृद्धिको विरोधमा निरन्तर संसद अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साता भरका लागि निलम्बन गरिएको छ । उनहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ । ‘उनीहरूले अध्यक्षको अपीललाई बेवास्ता गरिरहे’, माथिल्लो सदनमा भाजपा नेता पियुष गोयलले भने, ‘अर्थमन्त्री निर्मला सीतारमण निको भएर संसदमा फर्केपछि सरकार मूल्यवृद्धिमा बहसको लागि तयार छ । ’

निलम्बित सांसदले सदन नछोडेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो । यसअघि तल्लो सदन लोक सभाका सभामुखले संसदका चार सदस्यलाई बर्खे अधिवेशनसम्मका लागि निलम्बित गरेका थिए । सभामुखको चेतावनीबीच सदनभित्र प्लेकार्ड देखाएको आरोपमा  निलम्बित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्