भारतमा नयाँ राष्ट्रपति मुर्मुद्वारा सपथ ग्रहण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं: भारतको १५ औं राष्ट्रपति द्रौपदी मुर्मु बनेकी छन्। राष्ट्रपति मुर्मुले सोमबार सपथ लिएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्।

मुर्मुले आफू आफ्नो गाउँबाट कलेज जाने पहिलो केटी भएको सामाजिक सञ्जाल ट्विटरबाट उल्लेख गरेकी छन्। ‘म जुन पृष्ठभूमिबाट आएकी हुँ, त्यहाँ मेरा लागि प्राथमिक शिक्षा पाउनु पनि एक सपना जस्तो थियो,’ उनले लेखेकी छन्, ‘म जनजाति समुदायबाट आएकी हुँ। वडा काउन्सिलरदेखि भारतको राष्ट्रपति बन्नेसम्मको अवसर मलाई मिल्यो। यो लोकतन्त्रकी जननी भारतवर्षको महानता हो।’ उनले आफू राष्ट्रपति हुनु आफ्नो मात्रै नभएर सबै गरिब भारतीयको उपलब्धी भएको बताइन्।

‘मेरो जित यो कुराको प्रमाण हो कि भारतमा गरिबहरू पनि सपना देख्नसक्छ र तिनलाई पूरा पनि गर्न सक्छन्,’ उनले भनेकी छन्। भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट राष्ट्रपति बन्ने मुर्मु पहिलो व्यक्ति हुन्। प्रतिभा पाटिलपछि भारतको राष्ट्रपति हुने मुर्मु दोस्रो महिला हुन्। भारतीय राज्य उडिसामा जन्मिएकी मुर्मु सन्थाल समुदायकी हुन्।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array