बढ्यो हवाई भाडा, सबैभन्दा बढी धनगढीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् ।

हवाई भाडा सबैभन्दा बढी धनगढीका लागि २२० र सबैभन्दा कम सिमराको लागि ४५ रूपैयाँले बढेको छ । अब काठमाडौंबाट धनगढी जान १७ हजार १७ रूपैयाँसम्म तिर्नुपर्नेछ । काठमाडौंमा हुने शहरी क्षेत्रको विमानस्थलका लागि सबैभन्दा कम भाडा सिमराको लागि ४२ सय ४० रूपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array