सेयर बजारमा दोहोरो अंकको गिरावट,२ अर्ब माथिको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.८५ अंकले गिरावट भएर १९३३.१३ अंकमा बन्द भएको छ।

आइतबार सेयर बजारलाई प्रभाव पार्ने र नीतिगत र अन्य कुनै घटना नहुँदा पनि करिब ९५ अंकको अस्वभाविक वृद्धि भएको नेप्सेमा आज करेक्सन देखिएको छ । गत शुक्रबार अन्दोलन गरिरहेको सेयर लगानिकर्ताका केही समूह नेपाल धितोपत्र बोर्डबीच सहमति भए पनि त्यसमा तत्काल बजारमा ठुलो प्रभाव पर्ने कारण थिएन। त्यही पनि आइतबार नेप्सेमा ९५ अंकको वृद्धि भएको थियो। तर आज नै नेप्सेमा करेक्सन भएको छ।

नेप्सेमा गिरावट हुँदा जीवन बिमा र लगानी बाहेक सबै उपसूचक पनि घटेमा छन्। विकास बैंक उपसूचक सर्वाधिक साढे ३ प्रतिशत माथिले घटेको छ । नेप्सेमा करेक्सन भए पनि कारोबार रकम भने लगातार दोस्रो दिन पनि २ अर्ब माथिको कारोबार भएको छ।

आज बजारमा कुल २ अर्ब ४ करोड ४८ लाखको कारोबार हुँदा नागरिक लगानी कोषको सर्वाधिक १५ करोड ६६ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेको छ। यस्तै १ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्