कोभिड–१९, भ्याक्सिन, ट्रान्स ह्युम्यानिजम र न्यू वर्ल्ड अर्डर बारे कुत्सित नियत, कपटपूर्ण षड्यन्त्र र परिणाम बारे पूर्ण जानकारी ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०७९, शुक्रबार
50 Min Read
Aa
लेखक विश्व बस्नेत

भ्याक्सिनको प्रयोगले
बिनाशको संघारमा मानव जाती

लेखक विश्व बस्नेत

                                                                                                        लेखक विश्व बस्नेत

                      कोभिड–१९, भ्याक्सिन, ट्रान्स ह्युम्यानिजम र न्यू वर्ल्ड अर्डर बारे कुत्सित नियत, कपटपूर्ण षड्यन्त्र र परिणाम बारे पूर्ण जानकारी ।

सबै आआफ्नो दैनिकी जस्तै जागिर, काम धन्दा, व्यापार, स्कूल कलेज, चुनाव पार्टीमा व्यस्त छन् भने अर्कोतिर फिल्मरभिडियो निर्माणदेखि टिक्टक् फेसबुक आदिमा रमाएका देखिन्छन् । र त्यही नै जीवनको सबैभन्दा महत्वपूर्ण काम सम्झन्छन् । वर्तमानमा भैरहेको घटनाको सत्यता, यसको पछाडिको कुत्सित नियत र परिणाम बारे कुनै चिन्ता नै नलिई स्थिति यत्तिकै सामान्य रहिरहन्छ भन्ने सोच्छन् । जस्तो कि भुइचालो आउनुभन्दा एक सेकेण्ड अगाडिसम्म पनि मानिसलाई अत्तोपत्तो हुँदैन अनि अकस्मात आएपछि तहसनहस गरेर जान्छ, धेरैको धनमाल देखि लिएर कतिको ज्यानैसम्म पनि जान्छ, वरिपरि को नोक्शानी हेरेर स्तब्ध हुन्छन् ।

कोरोना षड्यन्त्र पनि त्यस्तै हो, अझ त्योभन्दा पनि खतरनाक, तर अधिकांश मानिसले यसबारे सुँइको पनि पाएका छैनन् । जुन बेला यसको असली रूप बाहिर आउँछ त्यति बेला मानिसले थाहा पाउनेछन्, विध्वंशकारी भूकम्प पनि यसको अगाडि केही होइन रहेछ । यो कपटपूर्ण षड्यन्त्र त मानव अस्तित्वनै मेटाउनका लागि रहेछ।

हामी दुई वर्ष अघिदेखि यसबारे जनचेतना जगाउने प्रयास गरिरहेका छौँ । हामीलाई यो कुनै रहर लागेर होइन, जनतालाई डर देखाउन वा आतंकित पार्नलाई पनि होइन । यत्रो ठूलो संकट मुखैमा आउन लाग्दा यहाँ कसैलाई कुनै मतलव नभएको देखेर बाध्य भएर हामी अगाडि सरेका हौँ । नेता, कार्यकर्ता, डाक्टर, वकिल, पत्रकार, शिक्षक अनि बुद्धिजीवी भनाउँदा बुद्धुजीवीहरुले सहर्ष स्वीकारेको देख्दा र कहिँकतै बाट यो षड्यन्त्र बिरुद्ध आवाज उठेको मा समाज मौन बसेको देख्दा स्पस्ट हुन्छ कि इल्युमिन्याटीले तैयार पारेको शिक्षा नीति मार्फत् समाजलाई अघोषित रुपले गुलामी तिर होमिसकेको छ भने अर्कोतर्फ़ तथाकथित बौद्धिक भनाउँदाहरु को जमातहरू इल्युमिन्याटीहरुले मानव कल्याणको नाममा खडा गरेको अन्तरास्ट्रिय संस्थाहरु मार्फत नियम बनाइ यी बौद्धिक जमातहरुलाइ प्रायोग गर्दै आफ्नो एजेण्डा समाज र देश माथि थोपर्ने काम गरेको छन्, अर्कोतिर कोभिड १९, लक्डाउन र व्याक्सिन बिरुद्ध विदेशतिर व्यापक नारा जुलुश र विरोध प्रदर्शन आदि हुँदा यहाँका तथाकथित बौद्धिक जमात चुईक पनि बोल्दैनन् र मुख्य मिडियाहरुले बहसको बिषय कहिले पनि बनाएनन। अझै पनि घैटोमा घाम लाग्ला कि भनेर जिम्मेवार नागरिक को कर्तव्य निभाउदै हामि अगाडि सरेका हौँ । राजनीति गर्ने शीर्ष नेताहरुलाइ हाम्रो प्रश्न, जनता नै नरहे केको पार्टी, केको राजनीति गर्छौ रु त्यसमाथि स्वयं सुइ घोचाइसकेका छौ भने आफ्नै अस्तित्व पनि कहिलेसम्म रु बेला बेला बिभिन्न समाचार मार्फत खेलाडिहरु, समाचार वाचकहरु र उच्च तहका नेता लग्यायत नाम चलेका व्यक्तित्वहरु हार्ट एट्याक् वा ब्रेन स्ट्रोक् को कारण मृत्यु वरण गरेको घटना सर्वाजनिक भै नै रहेको छ । विश्वका शीर्ष खेलाडीहरु त खेलमैदानमा अकस्मात ढलेका छन् भने अरुको के कुरा गर्नु १ यहाँ हेर्नुस् खेलाडीहरु ढलेको भिडियोको लिंकः

https://rumble.com/v132rc5-atheletes-collapsing-after-jab.html

यो गम्भीर परिस्थिति बुझिनसक्नु अनि अपत्यारिलो कुरा छ, त्यसमाथि मानिस गहिराइमा बुझन नै चाहँदैनन् । भन्छन् यस्तो पनि हुन सक्ला र रु यो कन्सिपिरेसी थियोरी ( Conspiracy Theory ) हो । हामी हुन सक्छ या सक्दैनमा अलमलिन्छौ उनीहरु हाकाहाकी भनिरहेछन् अनि कन्सिपिरेसी गरिरहेका छन्— हामी मानिसलाई ह्याक गर्छौं, उसको स्वतंत्र सोच्ने र गर्ने ( Free will ) क्षमतालाई न्यानो टेक्नोलोजीको चिप हालेर नियंत्रण गर्छौं आदि । न पत्याए यो भिडियो हेर्नुस एलेक्स जोन्स र अधिवक्ता थमस रेन्जको अन्तरवार्तामा के भन्दैछन् ?
https://www.redvoicemedia.com/video/2022/05/thomas-renz-battling-medical-tyranny-exposes-globalist-mass-murderers-with-their-own-words-video/

के हामी नामको साटो नम्बर भएर आफ्नो अस्तित्व लोप गराएर उनीहरुले जे जे भन्यो जे जे गरायो त्यहि गर्न र सहन तयार छौं रु होइन भने त्यो दिन संघारमा आईसक्यो जागरुक हौं अन्यथा त्यो प्रणाली एक पल्ट लागु भइसके पछि त्यसबाट उम्कने कुनै उपाय हुने छैन् । न त्यति बेला रोई कराई गरेर वा पछुताएर केहि हुने वाला छ । विरोध गर्नेलाई थाहै नदिई रिमोट बाटै सिध्याइदिने छन् । कुरो यति गम्भिर छ । तर के हामीकहाँ कोहि बुद्घिजिवी भनाउँदाहरु अघि सरेका छन्, यस विषयलाई लिएर कहीँ कतै छलफल बहस भएको छ ? भारतीय बार एसोसिएशनका अद्यक्ष अधिवक्ता निलेश ओझले भनेका छन् हरेक व्यक्तिले आफनो समय र आमदनीको १० प्रतिशत यस कामको लागि छुट्याउ अन्यथा केहि समय पश्चात तिम्रो सबै समय र आम्दानी उनीहरुको नियंत्रणमा रहने छ ९भिडियो लिंक तल० । यहाँ त न कसैलाई यस विषयमा चासो छ न एक सुको खर्च गर्छन ।
https://coronakaal.tv/aim/#top  

तर बुझन नचाहदैमा वा नबुझ्दैमा हुने कुरा टरेर जादैन, अत बुझ्ने प्रयास गर्नु बुद्धिमानी हुनेछ । हामीले सबै कुरा जानेका छौ पनि भन्दैनौ तर जति जानेका छौ त्यो सहज भाषामा यहा बुझाउने प्रयास गर्नेछौं ।
प्याण्डेमिक वा प्लाण्डेमिक ?

विश्वभरि बिभिन्न देशका विज्ञहरु ले यो प्याण्डेमिक हो भनेर निरन्तर आवाज उठाइ रहेका छन् । प्याण्डेमिक कुनै संक्रामक रोग बिश्वभरि छिट्टै फैलिनु अनि असंख्य मानिसको मृत्यु हुनु हो भने अर्कोतिर सन् २०१२ मा प्याण्डेमिक को अर्थ मृत्यु होस् वा न होस् छिटै फैलिनु नै प्याण्डमिक हो भनेर परिभाषित गरे र खेलो यहा बाट शुरु भो । अंत : कुत्सित मनसायले ग्रसित यो नियोजित ढंगले रचेको हुनाले यसलाई प्लाण्डेमिक हो भनेर बिभिन्न कोणबाट आवाज उठी रहेको छ । यस विषयमा एउटा भिडियो नै छ हेर्नुहोस् र बुझ्नुहोस्स् ।Plandemic the Movie .

https://rumble.com/v132rc5-atheletes-collapsing-after-jab.html

कोभिड १९ को मृत्यु दर 0.२ %  जति छ जुन वर्षेनी हुने रुघाखोकी वा सिजनल फ्लुको भन्दा कम छ भने अर्कोतिर भने सन् २००५ को सार्स र २०१२ को मर्स भन्दा कम खतरनाक छ । सार्सबाट १०५ अनि मर्सबाट ३०५ मृत्युदर भएको रोग को बेला लक्डाउन, अनिवार्य मास्क, फ़ोर्स्ड व्याक्सिन आदि केहि आवश्यक परेन भने अहिले किन ?

पिसिआर टेस्ट द्वारा रोग नलागेका एसिम्टोमेटिक (Asymptomatic)  रोगिहरुलाई पनि फल्स पोसिटिव (False Postive) मार्फत रोगि देखाइयो भने अर्कोतर्फ अन्य रोगले मरेकाहरुलाइ पनि कोभिडको नाममा गाभियो । यसरी नै धेरै संक्रमित र मृत्यु संख्या देखाइयो । जबकि सन् २०१८, २०१९ मा जति मानिसहरुको मृत्यु भएको थिओ २०२०, २०२१ र २०२२ मा त्यस भन्दा बढी मानिसहरुको मृत्यु भएको छैन। अत: यो प्याण्डेमिक नै होइन हामी सबैलाइ मुर्ख बनाइयो । मास्क, लक्डाउन, सामाजिक दुरी आदि को आवशक नै थिएन, न त तेस्को प्रभाव देखियो । यो सबै उपाय आतंकित पारेर नया अर्थव्यवस्था र सुइ घोच्ने काम सुनिषित गर्ने मात्र थियो । योजनाकारहरु मंकिपक्स, बर्ड फ्लु आदिको नामले डर त्रास को माहौल सृजना गरि जसरि नि हुन्छ आफ्नो एजेण्डा लादने तर्फ लागे । यो सिलसिला यहि सकिन्छ भनेर ढुक्क हुने अवस्था छैन ।

गेन अफ फंकशन रिसर्च
कोभिड १९ प्राकृतिक रोग नभएर मानिस द्वारा बनाइएको कृतिम हो, जसको अनुसन्धानलाई “गेन अफ फंग्सन रिसर्च ( gain of Function Research )  भनिन्छ जुन अमेरिका बाट सुरु भएको हो ।

गेन अफ फंग्शनको अर्थ हुन्छस् तत्कालै त्यसको कुनै औचित्य नदेखिए पनि भविष्यमा केही काम लाग्छ कि भनेर गरिने अनुसन्धान । जसलाई खतरापूर्ण र अनावश्यक भनेर अमेरिकाबाट त्यसको अनुसन्धानमा रोक लगाएपछि चीनको वुहानमा सारेर गुप्त रुपले अनुसन्धान जारी राखिएको थियो जसको मुख्य योजनाकार फाउची, ईको हेल्थ एलाएन्सको पिटर ड्यास्ज्याक साथै बिल गेट्सहरु थिए अनि यिनीहरुबाटै आर्थिक लगानी समेत भएको थियो । यस्तै अनुसन्धान युक्रेनका विभिन्न स्थानका ल्याबहरुमा पनि भइरहेको प्रमाणहरु अहिले बाहिर आइरहेका छन् । रुसले युक्रेनलाई आक्रमण गर्नुको मुख्य कारणहरुमध्ये यो पनि एउटा हो । कोरोना भाइरसको प्याटेन्ट धेरै अगाडि फाउची, बिल गेट्सहरुले लिइसकेका थिए अनि नियोजित ढंगले यो छाडिएको हो भन्ने प्रमाणहरु पनि आइसकेका छन् ।
अहिले हामी पृथ्वीवासी ठूलो संकटको घडीबाट गुज्रिरहेका छौँ । एकातिर जैविक हतियारको दृष्टिकोणले हामी तेस्रो विश्वयुद्धमा छौँ भने परम्परागत हातहतियारको दृष्टिकोणले रुस, युक्रेन युद्धको कारण तेस्रो विश्वयुद्धको संघारमा छौँ । युद्धमा शत्रु र मित्र चिनिराख्नुपर्छ, अतः पहिला कोको मानव जातिका शत्रु हुन् र को मित्र यस कुरालाई प्रस्टाऔँ ।

अरबपति खलनायकहरु

मानवताका मुख्य शत्रुहरु
बिल गेट्स, क्लाउस स्वाब, एन्थोनी फउची, टेड्रोस गाब्रियसस्, मार्क जुकरवर्ग, रकफेलर परिवार, रोथ्सचाईल्ड परिवार लगायत विश्वका प्रायः सबै धनाड्यहरु । यिनीहरुलाई छुट्टै नामले पनि चिनिन्छ, जस्तै ग्लोबलिस्ट, एलिट, ईल्युमिन्यटी, डिप् स्टेट्, डाभोस क्याबाल आदि । साथै सबै मूलधारका मिडिया (सिएनएन , बिबिसि, न्यू यर्क टाईम्स, वाशिङटन पोस्ट, सिबिसि, एनबिएस आदि) बिग् टेक ( जस्तै फेसबुक, ट्विटर, गुगल, विकिपिडिया, अम्याजन, यु ट्युब, नेटफ़िल्स एपल आदि), बिग फर्मा अर्थात् औषधी कम्पनीहरु ( फाइजर, मोडेर्ना, जन्सन एन्ड जन्सन, एस्ट्रा जेनेका आदि) , स्वास्थ्य संस्थाहरु ( डब्लुएचओ, सीडीसी, एफडिए, एनआईएच, एनआईएआईडी आदि ), यी संस्थाहरु हामी जनताको रक्षा र हितका लागि स्थापना गरिएको जस्तो देखिए पनि अहिले रक्षक नै भक्षक भएका छन् र षड्यन्त्रकारीहरुसँग हातमा हात मिलाएका छन्) विभिन्न देशका सरकार र सरकार प्रमुख जस्तै युएसए, क्यानाडा, जर्मनी, युके, अष्ट्रेलिया, न्युजिल्यान्ड, फ्रान्स अदि, यिनीहरु सबै वर्ल्ड ईकोनोमिक् फोरम को प्रमुख क्लाउस स्वाबका अनुयायी चेलाहरु हुन् अनि मानवताका शत्रुहरु ।

स्वाबले भनेको छ प्रायस् सबै देशका पार्लियामेन्ट र मन्त्रीमण्डलहरुमा हाम्रा मान्छे छिराउन सफल भएका छौँ । षड्यन्त्रकारीहरुले विभिन्न रिसर्च सेन्टर, मेडिकल कलेज र अस्पतालहरुमा समेत ग्रान्ट रकम दिएर त्यहा कार्यरत वैज्ञानिक र डाक्टरहरुलाई आफुले चाहे जस्तो गराउन र भनाउन सकेका छन् । यस हिसाबले संसारै उनीहरुको कब्जामा छ भने भनेर विभिन्न देशहरु का अर्थ विदहरु , डाक्टरहरु लगायत अभियन्ताहरु ले दाबि गरेका छन्

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चुनावमा धाँधलीपूर्वक हराएर ( हाल धरै राज्यहरुमा अदालतद्वारा चुनावी नतिजा उल्टिइँदैछ) बाईडेनलाई राष्ट्रपति बनाइयो । माथि उल्लेखित् सबै व्यक्ति र संस्थाहरु हाम्रा शत्रुहरु हुन् । तर पनि आम मानिसलाई यसबारे अत्तोपत्तो छैन । झन् हाम्रो देशकालाई त कुरै छाडौँ । ग्लोबलिस्टहरुको योजनाअनुसारस् नयाँ संक्रामक रोग उत्पादन गर, त्यसलाई नियन्त्रण गर्ने भनेर खोप निर्माण गर, मानिसलाई डर र त्रासको वातावरण सिर्जना गरेर सुई घोचाउन बाध्य बनाऊ, जनसंख्या घटाउने उद्देश्य पनि पूरा हुने, खोपबाट अरबौँ धन पनि कमाउने, क्या राम्रो उपाय र अर्कोतिर भ्याक्सिन लाए पछि अमरत्व नै प्राप्त गरेजस्तो सामाजिक संजालमा तस्वीर राखेको देख्दा उदेक लाग्दो छ ।

जैविक हतियार संसारमा फैलाउनु, रोगलाई रोक्न नसक्ने अनि मृत्युसम्म हुन सक्ने खोप अनिवार्य गराउनु, रुसलाई चेपुवामा पारेर युद्ध गर्न वाध्य तुल्याएर खाद्य संकट, इन्धन आदिको हाहाकार गराउनु, यी सबै आखिर किन, केको लागि ? धेरै अमेरिकीहरु अहिले बाईडेनलाई राष्ट्रपति नै मान्दैनन् । ऊ मानसिक रोगबाट पीडित छ उसले के बोल्छ त्यो पनि पत्तो पाउँदैन सहायकहरुले सुधार्नुपर्छ । वास्तवमा ऊ थपना मात्र हो । उसको पछाडि चाबी दिने पूर्वराष्ट्रपतिहरु ओबामा, क्लिन्टनहरु छन् । कसैले बिल गेट्स अदृष्य राट्रपतिको भूमिका गरिरहेको छ पनि भन्छन् किनकि यो कोरोना महामारीसम्बन्धी प्रायः सबै नीति निर्माण र घोषणाहरु ऊ द्वारा निर्देशित छ ।

भन्छन् यो समूहले अमेरिकन अर्थतन्त्र असफल गराउन चाहन्छ, डलर कोल्याप्स गराउन चाहन्छ, ग्याँस पेट्रोल आदिको उत्पादन र वितरणमा अवरोध ल्याइ, खाद्यान्नको कमी र हाहाकार गराएर अमेरिकालाई असफल राष्ट्र बनाउन चाहन्छ। यसको साथै निजी हतियारलाई नियन्त्रणमा लिएर कम्युनिस्ट ढाँचाको शासन चलाउन चाहन्छ । अब यहाँनिर कुरा बुझिनसक्नु छ । आफ्नै देशलाई असफल किन गराउनु, असफल खोपलाई अनिवार्य किन गराउनु ? मिडियामा सत्य कुरा सबै दबाएर झूटामाथि झूटा प्रचार गरेर कोरोना र खोपबारे जनतामा भ्रम किन फैलाउनु ? यसको बाबजुत अमेरिकामा ४०, ४५ प्रतिशत जनताले खोप बहिष्कार गरेका छन् अनि उनीहरुका साथै विश्वका धेरै ठाउँहरुमा जनता सचेत भएर विरोध गरिरहेका छन् । हामीकहाँ भने न जनता सचेत छन् न विरोध गरिरहेका छन् । यहाँ त उल्टै खोप उपलब्ध हुनेबित्तिकै पाखुरा सुर्किदै जान्छन् सुई घोचाउन ! आशा छ यहाँसम्म आइपुग्दा हामीले यी सबै षड्यन्त्रको योजनाकारहरु अर्थात् मानव जातिका शत्रुहरु को को हुन भन्ने चिन्यौं । अब हाम्रा मित्रहरुलाई पनि चिनिराखौ ।

हाम्रा अथवा मानव जातिका मित्रहरु
यो समूहमा विश्वका उच्च वैज्ञानिक, डाक्टर, वकिल, स्वतन्त्र पत्रकारहरु पर्छन् जसले यिनीहरुको भण्डाफोर गरेर हामीलाई सूचित गर्ने प्रयास गरिरहेका छन् । र यस्ता केही विशिष्ट व्यक्तिहरु यस प्रकार छन् । वकिलहरु रबर्ट एफ , केनेडी जुनियर, आरोन सिरी, थमस रेन्ज तथा इन्टरनेश्नल ट्रायल लयर राइनर फ्यूलमिच साथै भारतका इन्डियन बार एशोसिएशनका अध्यक्ष निलेश ओझा । स्वतन्त्र पत्रकार, मिडिया पर्सनहरुस् माईक एडम्स, डेल बिग्ट्री, एलेक्स जोन्स, जेफ़्रि ज्याक्सन, टाई तथा शार्लिन बोलिन्जर । डाक्टरहरुस् डा रबर्ट म्यालोन, डा पिटर मक्कुल्लक, डा ज्यूडी माईकोभिच, डा सुचारित भक्डि, डा जेन रुबी,डा।रायन कोल,डा माईकल यिडन, डा शेरी टेनपेनी, डा क्रिस्टियन नर्थरप, डा जोसफ मर्कोला, डा रशिद बुटार, डा केली ब्रोगेन, डा क्यारी मडे, डा।सेयर जी, डा।एरिन एलिजाबेथ, डा।भ्लाडिमीर जेलेन्को, डा।भर्नन कोल्म्यान, डा।रजर हज्किन्सन, डा।टेस लरी, डा।रिचर्ड फ्लेमिङ, डा। एन्ड्रयु काउफ्म्यान, डा।डोलारिस काहिल, डा।एन्डि वेकफिल्ड, डा।ब्रायन आर्डिस, डा।रिचर्ड उर्सो, डा।डेभिड मार्टिन तथा अन्य थुप्रै । यसै गरी कोभिड षड्यन्त्र र खोपको विरोधमा बोल्ने विश्वभरिका १७,००० डाक्टर तथा चिकित्साशास्त्रका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय समूह छ । international alliance of Physicians and Medical Scientist.

https://stephenlendman.org/2022/01/22/international-alliance-of-physicians-and-medical-scientists/

यिनीहरुले सक्दो हामीलाई सूचित गर्ने प्रयास गरिरहेका छन् तर पनि उनीहरुको आवाजलाई ग्लोबलिस्टहरुको कन्ट्रोलमा भएका मिडियाहरु, जस्तै सीएनएन, बीबीसी, वाशिङटन पोस्ट, न्यू यर्क टाईम्स ९र यसबारे चर्चा नगर्ने नेपाली मिडियाहरु समेतले प्रतिबन्ध लगाएका छन् । त्यस्तै गरी बिग टेकहरु फेसबुक, ट्वीटर, गुगल, विकिपिडिया, युट्युब, एपल, अदिले पनि व्यापक सेन्सर गरेर सत्य कुरा दबाइरहेका छन् भने षड्यन्त्रकारीहरुको झुटलाई बढावा दिइरहेको छ । उदाहरणका निम्ति डब्लूएचओ, सीडीसी, एफडिएहरुले बारम्बार भ्याक्सिन “सेफ एन्ड एफोक्टिभ” भनेर प्रचार गरिरहेका छन् । तर तथ्य त्यसको विपरित छ । न त्यो सेफ छ न एफेक्टिभ । सेफ भए सर्वसाधारण लगायत टप खेलाडीहरु किन खेल मैदानमा ढलिरहेका छन् रु एफेक्टिभ भए किन प्रथम डोजले नभएर बुस्टरमाथि बुस्टर थप्नुपर्‍यो ? तर यस कुरालाई लुकाएर हजारचोटि “सेफ एन्ड एफोक्टिभ” भन्दा असत्य पनि सत्य लाग्न थाल्छ सोचने शक्ति कम भएकाहरुलाई । त्यसकारण हामीले मूलधारका मिडिया र समाचारहरु हेर्न छाडेर माथि उल्लेखित हाम्रा मित्रहरुको लेख भिडियो, अन्तरवार्ताहरु वैकल्पिक मिडियामा गएर सुन्नु हेर्नुपर्छ । जस्तै-

https://www.theepochtimes.com/

https://www.brighteon.com/

https://www.bitchute.com/

https://rumble.com/

https://www.infowars.com/

https://www.highwire.com/

http://www.worldfreedomalliance.com/

http://www.americasfrontlinedoctors.org/

तथा अन्य थुप्रै ।
खोजी गरे वैकल्पिक मिडियाहरु पनि यति धेरै छन् तर भेँडाहरुले सीएनएन र बीबीसी बाहेक अरु सुन्न, हेर्न जानेका छैनन् ।

माथी उल्लेखित डाक्टरहरुको सुझाव र वेव साइटहरु अध्ययन गर्ने हो भने कोभिड–१९ बारे सबै कुराहरु खुलस्त हुनेछ । जस्तै, मास्क, लक्डाउन, सामाजिक दूरी आदि सबै अनावश्यक मात्र नभएर हानिकारक पनि हुन् भन्ने प्रमाणित भइसकेको छ । तर सरकारको अनि डब्लूएचओ, सीडीसीहरुको कुरा सुन्नेहरु मर्ने बेलासम्म पनि पत्याउँदैनन् । यसलाई मास फर्मेशन साईकोसिस् भन्दछन् ।

नेपाली डाक्टरहरु
डाक्टरहरुको कुरा गर्दा नेपाली डाक्टरहरुको पनि कुरा गर्नु सान्दर्भिक होला । तर विडम्बना, हाम्रो देशमा कोरोना षड्यन्त्र बुझेका र यसबारे बोल्न आँट गर्न सक्ने एलोपेथीका नेपाली डाक्टरहरु शून्य बराबर छन् । यसबाट नेपाली डाक्टरहरुको सोचको स्तर कुन तहमा छ भन्ने कुरा बुझ्न सकिन्छ । अनि आफ्नो बुद्धि विवेक प्रयोग गर्नुको साटो अन्धभक्त भएर डब्लूएचओ, सीडीसी, एफडिएहरुको आदेश र प्रोटोकल पालना गर्नेहरुलाई कसरी बौद्धिक मान्न सकिन्छ ? अझ कतिले त शानसँग मैले कोभिडको सुई हानिसकेँ भनेर Facebook Cover फोटोको फ्रेम बनाएर राखेका छन् ! अधिकांसले खुल्लम खुल्ला तथा निसंकोच कोरोनाको सुइको समर्थन गर्दै जनतालाई लगाउन प्रोत्साहन गरिरहेको पाइन्छ । यसरी यिनीहरुका कारणले धेरै जना मरिसके अनि थुप्रैजना निकट भविष्यमा संकटको स्थितिमा पुग्ने निश्चित छ । यसको जिम्मेवार डाक्टर कि सरकार र?

बुद्धि प्रयोग गर्ने डाक्टरहरुको खडेरी परेको हाम्रो देशको स्थितिमा चार जना डाक्टरहरु भने यस षड्यन्त्रलाई बुझेका अनि यसबारे चर्चा गर्दै आइरहेको हामीले पायौँ । उनीहरु हुन् डा सम्मोद आचार्य, डा विजय प्रधान, डा ओमकुमार श्रेष्ठ तथा डा अनुप आचार्य । उहाँहरु धेरै धेरै धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । अब जनताहरुले अज्ञानी, अनभिज्ञ, अविवेकी अथवा डलरमा बिकेका डाक्टरहरुको होइन यस्ता डाक्टरको सर–सल्लाह, सुझाव लिनुमा भलो हुनेछ । हामीले धेरै भन्यौँ तर कतिपयलाई हामी Non Medical  फिल्डकाहरुले भनेको कुरामा विश्वास लागेन । यी कुराहरुको सत्यताको बारेमा तिनै डक्टरहरुबाट थाहा अवश्य हुनेछ । हामीलाइ थाहा नभएका अन्य नेपाली डाक्टरहरु पनि कोही भए अगाडि आउने उपयुक्त समय यही हो ।
अब किन र केको लागि यी सबै भइरहेका छन् बुझाउने प्रयास गर्छौं ।

वर्ल्ड ईकोनोमिक् फोरम (WEF)
सन् १९९२ मा युएनको “अर्थ समिट्” मा राखिएको प्रस्तावअनुसार एजेन्डा २०२१/३०, जसलाई सस्टेनबल डेभ्लपमेन्ट पनि भनिन्छ, अघि सारिएको थियो । एजेन्डा २१ को मूर्तरूप एजेन्डा २०३० हुनेछ जुन सन् २०३० सम्ममा लागू गर्ने योजना छ । द ग्रेट रिसेट, बिल्ड ब्याक बेटर, न्यू वर्ल्ड अडर, वान वर्ल्ड गभर्मेन्ट । यो सबैको उद्देश्य हामीलाई मानसिक, शारीरिक, आर्थिक आदि दृष्टिकोणले पूर्ण नियन्त्रण गर्नु हो । निजी सम्पत्ति हुने छैन, परिवार हुने छैन, उनीहरुको भनाइमा तिम्रो केही हुने छैन र पनि सुखी हुनेछौ (You will own nothing and you will be happy)   क्लाउस स्वाबले यो वाक्य बारम्बार दोहोर्‍याउने गर्छ । यो हुबहु जर्ज अर्वेलको चर्चित उपन्यास ” १९८४” मा वर्णन गरिएको समाज र राजनीतिक व्यवस्था लागू गरिने षड्यन्त्र हो जसमा उनीहरु (Globalist Elite) सधैँ मालिक भइरहन्छन् हामी सबै रैतिभन्दा पनि तल । अतः केही नगरी चुप लागेर रमिता हेरी बस्यौँ भने सन् २०३० सम्ममा हामीले मानिस हुनुको औचित्य गुमाइसकेका हुनेछौँ । जसलाई यो चित्रले चरितार्थ गर्छ —

George Orwell, “If you want a picture of the future, imagine a boot stamping on a human face—forever,” in 1984

यो भिडियोले न्यू वर्ल्ड अडर र द ग्रेट रिसेट पछि सन् २०३० सम्म के हुन सक्छ हामी सबैको जीवनमा भन्ने देखाउँछ —

New Video From Shanghai Should Horrify Entire Planet

https://www.redvoicemedia.com/video/2022/06/new-video-from-shanghai-should-horrify-entire-planet/

ईल्युमिन्याटीहरुको जनसंख्या नियंत्रण गर्ने योजना
धरतीमा यस्ता केही मानिस छन् जसले भनिरहेका छन् कि पृथ्वीमा जनसंख्या धेरै भयो, जनसंख्या घटाउनुपर्छ । यस्ता विचार राख्नेहरुलाई युजिनिस्ट (Eugenist) भनिन्छ ।

सन् १९८० मा स्थापित जर्जिया गाईडस्टोन् जस्को १ नं बुँदामा लेखिएको छ पृथिवीमा ५० करोड जनसंख्या सीमित राख ।

कसैकसैले ९० प्रतिशतसम्म जनसंख्या घटाउनुपर्छ भनेका छन्, जस्तो कि “जर्जिया गाईडस्टोन्” मा लेखिएको छ पृथ्वीको जनसंख्या ५० करोडमा सीमित राख भनेर । बेलायतका प्रिन्स फिलिप पनि जनसंख्या नियन्त्रणको समर्थक थिए, बिल गेट्सको बाउ पनि युजिनिस्ट थियो र बिल् गेट्स स्वयंले पनि जनसंख्या घटाउनुपर्छ भनेर बोलेको भिडियो यो लिंकमा हेर्न सकिन्छ।

https://www.bitchute.com/video/oiQha4Q6uWTi/

र यो उसको लागि कुनै नौलो काम पनि होइन । उसले यसअघि दक्षिण भारत, फिलिपिन्स र अफ्रिकामा खोपद्वारा मान्छे मार्ने र बाँझो बनाउने काम गरिसकेको छ ।

अनि भारतमा उ बिरुद्ध कोभिडको सुईबाट एक २३ वर्षीय युवकको हत्या गरिएको भनेर उसको भारतीय पार्टनर अदर पुनावालासहितलाई हत्याको आरोपमा मुद्दा चलिरहेको छ ।

https://thetruedefender.com/breaking-criminal-lawsuit-against-bill-gates-in-india/

बिल् गेट्स मात्र होइन, विश्वका प्रायः सबै शक्तिशाली र धनाड्य व्यक्तिहरु जनसंख्या घटाउने कुरामा सहमत छन् । यहाँसम्म कि भारतको सद्गुरु भनेर चिनिने जोगी पनि डाभोस क्याबालको सदस्य हो अनि जनसंख्या घटाउने समर्थक हो ।

ट्रान्स ह्युम्यानिजम
तर माथि उल्लेखित घट्ने अथवा मर्ने लिस्टमा उनीहरु आफू चाहिँ पर्दैनन् । विश्वका अधिकांस जनता पर्छन्, तपाईं हामी पर्छौं । के उनीहरुको सुविधा र सनकका निम्ति तपाईं आफू मर्ने समय नआइकनै मर्न तयार हुनुहुन्छ ?

ईश्वरले बनाएको शरीरमा नानो टेक्नोलजी चिप घुसाएर मानिसबाट रोबट बन्न रुचाउनुहुन्छ जसलाई उनीहरुले रिमोटबाटै नियन्त्रण गर्न सक्नेछन् रु यस प्रविधिलाई ट्रान्स ह्युम्यानिजम भनिन्छ । हामीहरुलाइ यो सम्भावनाको शिकार बनाउन यी ग्लोबलिस्ट एलिटहरु लागि रहेका छन् । खोपद्वारा जति मर्छन् वा मार्न सक्छन् उनीहरुको त्यो प्रयास जारी छ, त्यसपछि बाँचेकाहरुको पनि हालत जोम्बी बन्नेछन्— अर्धमानिस, आफ्नो मन र सोचले केही गर्न नपाउने, नसक्ने । यसबारे डा।क्यारी मडेले भनेका महत्वपूर्ण कुराहरु यी दुई भिडियोहरुमा हेरौं ।

Dr. Carrie Madej What is Transhumanism? Why You Must Not Take Those Covid-19 Shot.

https://www.bitchute.com/video/pEFqrYKeODUo/

डा क्यारी मडे सुतेकालाई जगाउने आह्वानः Human 2.0 – Transhumanist Vaccine – A Wake Up Call to the World – Dr. Carrie Madej http://(bitchute.com)

युवल नोवा हरारे ह्याकिंङ र माईन्ड कन्ट्रोल
यसै सिलसिलामा युवल नोवा हरारे नाम गरेको यो व्यक्ति बारे जानकारी गराऔं । यो एक इज्राइली नागरिक हो, यो क्लाउस स्वाब, बिल गेट्सहरुको सल्लाहकार पनि हो जसले “वर्ल्ड ईकोनोमिक फोरम” को सभाहरुमा बोल्ने गर्छ । यो इतिहासको प्रोफेसर भए पनि यसले आजभोलि मानिसमा नानो टेक्नोलजीको यन्त्र जडान गरेर ह्याक गर्ने, दिमागलाई कन्ट्रोल गर्ने, रोबट सरी गराउने प्रविधि उपलब्ध भइसकेको छ र हामी त्यसो गराउँछौँ भनेर हाकाहाकी भनिरहेको छ । जुन कुरा अमानवीय, अप्राकृतिक, अनैतिक र गैरकानूनी समेत हो । तर हाम्रा अल्पबुद्धि भएका बुद्धिजीवी भनाउँदाहरु कन्सपिरेसी थियोरी भन्दै वास्तविकता लत्याउँदै छन् । तल भिडियोहरु हेरौँ । https://zeeemedia.com/interview/transhumanism-klaus-schwab-and-dr-yuval-noah-harari-explain-the-great-reset-transhumanism-agenda/

https://www.redvoicemedia.com/video/2022/05/thomas-renz-battling-medical-tyranny-exposes-globalist-mass-murderers-with-their-own-words-video/

५ जी प्रविधि
यस षड्यन्त्र र महामारी को कथाभित्र ५ जी को पनि ठूलो भूमिका छ । किनकि ५ जी ग्लोबलिस्ट एलिटहरुको अर्को हतियार हो । यसले मानिसहरुको स्वास्थ्यमा भयानक नकारात्मक असर गर्छ । त्यति मात्र नभएर विरोधीहरुलाई रिमोटबाटै सिध्याइदिन पनि सक्छ । अनि मानिसलाई मात्र होइन बोटबिरुवा, चराचुरुङीदेखि लिएर मौरीहरुलाई समेत असर गर्छ । आइन्सटाइनले भनेका थिए : यदि मौरी लोप भएमा मनिसको आयू पृथ्वीमा ३ वर्ष मात्र हुनेछ ।यो Screenshot हेरौँ—

यसको बाबजुत केही स्वार्थी व्यक्तिहरु यसलाई नभित्राई नछाड्नेमा लागि परेका छन् । जनताले यसलाई सक्दो बहिष्कार र विरोध गर्नुपर्छ ।
५ जी बारे बिस्तृत जानकारीका लागि तल प्रस्तुत भिडियोहरु हेर्न सकिन्छ—

The Secret Behind 5G Technology https://www.bitchute.com/video/iy5GXxnx9Qy5/

What will happen when they flip the 5g kill switch…maybe this will:https://www.bitchute.com/video/vp55yjPEkG6V/

के कोरोनाको उपचारै नभएर भ्याक्सिन उत्पादन गर्नुपरेको हो ?
कोरोनाको सरल तथा सशक्त एलोपेथीकै उपचारहरु नभएका होइनन् । तर ती बारे जानकारी दिइएन, प्रयोग गर्न दिइएन अनि प्रतिबन्ध लगाइयो । ती उपचारहरु शुरुमै गर्न दिइएको भए न यो प्यान्डामिक भन्ने हुन्थ्यो न अहिलेको स्थिति । यो फाउची, डब्लुएचओ, सीडीसी, एफडिएहरुको जानाजानी बदमासी हो । किनकि उनीहरु अर्थात् ग्लोबलिस्टहरुको उद्देश्य मान्छे बचाउनु होइन, कोरोना र भ्याक्सिनको माध्यमबाट मार्नु तथा आफ्नो एजेन्डा सफल पार्नु हो । सोहीअनुरुप उनीहरुको प्रोटोकल, रेम्डेसिभिर, भेन्टिलेटरहरुले अस्पतालमा ९० प्रतिशत भन्दा बढि मानिस मरे । तर कुनै पनि रोगको उपचार हुँदाहुँदै इमरजेन्सी युजको भ्याक्सिन उत्पादन गरेर प्रयोग गर्न पाइन्न त्यसैले भएभरका उपचारहरुलाई बन्दगराएर मानिसलाई आतंकित पार्दै सुई घोचाउने षड्यन्त्र हो यो ।

आइभरमेक्टिन ( Ivermectin) लाई एकदमै सशक्त कोरोना प्रतिरोधी औषधी मानिन्छ जसलाई रोकथाम र उपचार दुवैमा प्रयोग गर्न सकिन्छ ।Miracle cure for Covid-19: Scientist say Anti-parasitic drug Ivermectin may be the key to ending pandemic.। यसलाई इन्टरनेटमा पनि खोजेर हेर्न सकिन्छ ।

त्यस्तैगरी हाइड्रोक्सिक्लोरोक्विन (HCQ) अर्को प्रभावकारी औषधी हो । हाइड्रोक्सिक्लोरोक्विन र आइभरमेक्टिन दुवै जिंकसँग लिनुपर्छ । आईभरमेक्टिन र हाइड्रोक्सिक्लोरोक्विनले काम गर्ने भएर नै अमेरिकामा प्रतिबन्ध लगाइएको थियो भ्याक्सिनलाई प्राथमिकता दिनका लागि, यतिसम्म कि प्रयोग गर्ने डाक्टरको लाइसेन्ससम्म खोसिन्थ्यो । भिटामिन डीको ब्लड टेस्ट गराएर ६० देखि ८० ng/ml मा स्थिर राख्न सके राम्रो । भिटामिन डीले कोरोनाबाट ८०%  भन्दा बढिले सुरक्षा दिन्छ । यस्तै मध्य दिउँसोको घाममा २०, ३० मिनेट बस्नु स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । तर माफ गर्नुहोस् त्यसले भिटामिन डीको आवश्यकता चाहिँ पूरा हुँदैन ।
हाई डोज भिटामिन सी अर्को प्रभावकारी उपचार हो । तर यसको पनि आवश्यकता कागती खाएर पूरा हुँदैन । पूर्ण जानकारी यस वेव साईटमा :

https://vladimirzelenkomd.com/

नोटः यसमा आयुर्वेद र प्राकृतिक चिकित्साको कुरा राखिएको छैन, तिनीहरुको छुट्टै महत्व छ।

मास्क, फाइदाभन्दा हानी बढी
हामीले दुई वर्षदेखि भन्दै आइरहेकाछौँ मास्क लगाउनु व्यर्थ हो भनेर । यसबारे उच्च तहका डाक्टर र वैज्ञानिकहरुले चेतावनी दिँदै आइरहेका छन् । तर नेपालीलाई जति भने पनि केही लाग्दो रहेनछ । आफै अध्ययन पनि गर्दा रहेनछन् । यस कथित कोरोना महामारीले प्रमाणित नै गरि दिएको छ नेपाली साह्रै निम्न बुद्धिका र भोँदु हुँदा रहेछन् । मास्कको नकारात्मक असरबारे तलको भिडियो हेरौँ—New science shows mask harms https://thehighwire.com/videos/new-science-shows-mask-harms/

कोरोनाको भ्याक्सिन भनिने सुई लगाउनु ठीक कि बेठीक ?
सर्वप्रथम यो भ्याक्सिन नभएर जिन म्यान्युपुलेशन थेरापी हो र जानकारहरु यसलाई भ्याक्सिन नभनेर इन्जेक्शन भन्न रुचाउँछन् । यो भ्याक्सिन बनाउने सिद्धान्तअनुसार बनेको पनि छैन । औसत भ्याक्सिन बन्न १०, १२ वर्ष लाग्छ अनि जनावरहरुमा ट्रायल गरेर सफल भएपछि मात्र मानिसमा लगाइन्छ । त्यो केही पनि नगरी ६, ७ महिनामै उत्पादन गरेर सिधै मानिसमा लगाइएको छ । यसले रोग लाग्न, फैलिन, पुनः संक्रमित केही पनि रोक्दैन । बरु उल्टै इम्युनिटी घटाएर पुनः संक्रमित भएर मृत्यु हुने सम्भावना बढेर जान्छ । अतः यो रोग निवारणभन्दा पनि अर्कै उद्देश्यले बनेको हो भन्ने कुरा अलिकति दिमाग प्रयोग गर्नेले सहजै बुझ्न सक्छन् ।

 

यस स्क्रिन शट्मा देखाएबमोजिम बेलायती सरकारको नयाँ रिपोर्टअनुसार त्यहाँ कोरोना संक्रमित भएर मृत्यु हुनेहरुमा १० मा ९ जना खोप हानीसकेकाहरु थिए । अब आफै मूल्यांकन गरौँ सुई हानेको ठीक कि नहानेको ?

अधिक भ्याक्सिन लगाएका देशहरुमा कोरोनाका केसहरु किन बढिरहेका छन् ? उदाहरणका लागि कम्बोडिया हेरौँ, त्यहाँ कोभिड–१९ को सुई हान्नु अगाडि शुन्य मृत्यु दर थियो तर भ्याक्सिन लगाए लगत्तै कोरोना संक्रमण र मृत्यु दर ह्वात्तै बेढेको पाइन्छ ।

यस इन्जेक्शनमा के के छ भन्ने तथ्य यसका उत्पादकहरुले अहिलेसम्म पारदर्शी ढंगले खुलाएका छैनन् । हालसम्म यसमा थाहा भएका तत्वहरु यस प्रकार छन् स् ग्राफिन अक्साईड, मर्करी, हाम्रो सेलहरुलाई ड्यामेज गर्ने स्पाईक प्रोटिन, ह्युमन तथा एनिमल ( गाई, सँगुर) फिटल सेल्स, विभिन्न प्यारासाइटहरु, नानो टेक्नोलजीका चिपहरु, जीनलाई परिवर्तन गर्ने तथा अन्य हानीकारक तत्वहरु । जसले रगत जम्ने देखि लिएर विभिन्न अंगहरु ड्यामेज हुने साथै हृदयघात, मस्तिष्कघात आदि समेत भइरहेको उदाहरणहरु थुप्रै छन् । त्यतिमा मात्रै सिमीत नरही पछि आउने भ्याक्सिन अथवा बुस्टरहरुमा उनीहरुले बिना रोकटोक् थप खतरनाक तत्वहरु मिश्रण गर्न सक्छन् ।

बाल बालिकाहरु
सीडीसी कै रिपोर्टअनुसार स्कूल कलेज पढ्ने केटाकेटीलाई कोभिड–१९ को संक्रमण भएमा ९९.९९७३ प्रतिशत बाँच्ने सम्भावना हुन्छ । अर्थात् यस उमेरकालाई यो रोग लागेर मृत्यु हुने सम्भावना शून्य बराबर हुन्छ ।

अर्कोतिर यिनीहरुमा कोभिडको सुई हानेर मृत्यु हुने सम्भावना ५१ गुना बढी हुन्छ भनेर विशेषज्ञहरुले भनिरहेका छन् र मरी पनि रहेका छन्, भनेपछि सुई हान्नुको औचित्य के रु यो उनीहरुको जीवन रक्षाका लागि त अवश्य होइन । यहाँ अहिले १२ वर्ष माथिकालाई हान्दै छ असार ९ गतेदेखि ५ देखी ११ वर्ष सम्मकालाई हान्ने तयारी भइरहेको छ । अमेरिकामा ऐले एफडिएले जन्मेको १, २ महिना देखी ४ वर्षकाहरुलाई समेत सुईहान्नु पर्ने नियम पास गराउँन जोड दिईरहेकोछ १ तल भिडियो हेर्नुहोस् जसको शीर्षक अनुसार भनिएको छ—“यो पागलपन हो, विशिष्ट डाक्टरका अनुसार बालबालिकालाई खोप हान्ने योजना बृहत् हत्या हो अनि यो आँखै अगाडि भइरहेको छ ।

THIS IS MADNESS – Top doctor calls child vaxx “mass murder” and it’s happening right in front of your face!

https://www.brighteon.com/6a584302-e1ee-4299-8e30-82322632660a

स्कूल कलेजका शिक्षक र सञ्चालकहरु जसले बिना खोज र अध्ययन यस कुरालाई प्रोत्साहन दिइरहेका छन् तिनीहरु पनि अपराधको भागिदार हुन्, हत्याराहुन् । यो स्क्रिनशट् हेर्नुस सुई हानेको ७ वर्षे बालकको मृत्यु।
यसै गरी विदेशी शत्रुहरुको आदेशलाई कार्यान्वयन गर्ने नेपाली नीति निर्माता र डाक्टर अनि आफूले काम गर्ने अफिसका सञ्चालक जसले पनि हामीलाई खोप हान्न बाध्य तुल्याउँछ उनीहरु सबै हाम्रा शत्रु हुन् । चाहे आफ्नै घरका परिवार पनि किन नहून् ।

होसियार १११ आमा बाउ, छोरा छोरीलाई बचाउ !!!
माथि हामीले देखिसक्यौ कि बालबालिकाहरुलाई यो कोरोना रोग लागेर मृत्यु हुने सम्भावना शून्य बराबर छ तर सुई लगाए पछि अंगभंग हुने र हृदयघात भएर मृत्यु समेत हुने सम्भावना बढी छ । अतः अनावश्यक सुई घोचाएर रिस्क किन लिने र त्यस माथि केटाकेटीहरु बाँझो हुने र भविष्यमा उनीहरुको सन्तान नहुने पनि यस खोप भनिने सुईको असरहरु मध्य एक हो । यी कुराहरुको जानकारी तपाईलाई न सरकारले दिन्छ, न डाक्टर ले, न स्कूल प्रशासन ले । उनीहरु त सुई घोचाएर मार्ने ग्लोबलिस्ट एलिटहरुका एजेन्ट हुन् । यी मध्य कति ले डलर पचाएर डकार्दै छन् । देशका जनता मरे मरुन के खाँचो ।

मंकिपक्स के हो ?
गेट्स फाउन्डेशन, डब्लुएचओ र फर्मा कम्पनीका अधिकृतहरुले सन् २०२१ को मार्च महिनामानै मंकिपक्सको सिमुलेशन ९कष्mगबितष्यल० गरेका थिए । षड्यन्त्रकारीहरु आफैले योजना बनाएर निकालेको नभए उनीहरुले यो रोग सन् २०२२ को मे महिनाको १५ तारिक आउँछ भनेर कसरी उद्घोस गरे ? अनि नभन्दै ८ दिनको मात्र फरकमा यो रोग मे ७ तारिख युरोपमा देखा पर्‍यो । रोग आउन नपाउँदै अमेरिकी सरकारले यसको भ्याक्सिनको लाखौँ डोज खरिद गरिसकेको छ ! अतः यो पनि उनीहरुको षड्यन्त्रको एउटा पाटो हो भन्ने अझैँ पनि नबुझानेले टाउकोभित्र दिमाग होइन भुस छ भनेर बुझे हुन्छ । मंकिपक्स आजको होइन वर्षौंअगाडि देखिको रोग हो । यो त्यति संक्रमक र खतरायुक्त छैन । बच्चामै बिफरको खोप लिइसकेका ५०, ६० वर्ष कटेकाहरुलाई यसको खोप त्यही नै हो पुनः हान्नु पर्दैन । कोरोनाको खोप नहानेकाहरुलाई पनि यसबाट खतरा छैन । तर जसले खोप, बुस्टर आदि हानिसकेका छन् उनीहरुलाई जोखिमपूर्ण हुन सक्छ तर पनि सारै खतरनाक चाहिँ नहोला । यो कुरा विशेषज्ञहरुले भनिरहेका छन् भिडियोहरु खोजेर हेर्न सकिन्छ । तर यसलाई आफु अनुकुल प्रचार प्रसार गरेर डर र त्रासको वातावरण सृजना गरेर मानिसलाई आतंकित पारेर फेरी पनि सुइ घोचाउने प्रयास गर्नेछन् र त्यही गर्ने बहाना हो यो । उनीहरुलाई जसरी पनि आफ्नो लक्ष प्राप्त गर्नु छ । अगाडि पनि विभिन्न भाइरस र रोगहरुको निहुमा उनीहरुले प्रयास जारी राख्नेछन्, हामीहरु पूर्ण रुपले उनीहरुको नियन्त्रणमा नरहेसम्म वा उनीहरुको अन्त्य नभएसम्म ।

ढुक्कले बस्नेहरु ढुक्क नभए हुन्छ:
मेरो शानको बंगला छ, महँगो गाडी छ, राम्रो आयसता छ, बैंक ब्यालेन्स छ, मलाई केको चिन्ता भन्नेहरु त्यो शानको जिन्दगीबाट सडकको जिन्दगीभन्दा पनि तल्लो स्तरमा झर्न तयार भएर बसे हुन्छ । आफ्नो इच्छाले केही गर्न, हिँड्न, डुल्न पाइने छैन । यस्ता अनेकौं पावन्दीहरु लाग्नेछन् जसलाई निर्विवाद स्वीकारेर बस्नुपर्ने हुन्छ । अधिकांस कामहरु आर्टिफ्सियल इन्टेलिजेन्स र रोबटले गर्नेछ । मानिसको आवश्यकता कम हुनेछ । ५० वर्ष कटेका र बूढाबूढीलाई अनावश्यक खन्चुवा ( Useless eaters) भनेर रिमोटबाटै सिध्याइदिने छन् । यसै पनि उनीहरुको लक्ष पृथ्वीको जनसंख्या ५० करोडमा सिमित राख्ने हो ।

र त्यसमा हामी अधिकांसको स्थान छैन । सबैलाई यहि मन्जुर छ भने केही नगरी बसौँ र त्यो दिन पर्खिएर बसौँ । होइन भने यो चुप लागेर बस्ने बेला होइन । सबै जागरुक र जानकार हुनुपर्‍यो ।
साथै मैले खोप हानिसकें मलाई केही भएन भनेर ढुक्क भई बस्नेहरु पनि होसियार रहनु यसको असर कुनै पनि बेला प्रकट हुन सक्छ । उड्दाउड्दै प्लेनका पाइलटहरु बेहोस भएर दुर्घटना भइरहेका छन् । खेलाडीहरु खेल मैदानमा ढलेका छन् । अमेरिकातिर सडक दुर्घटना पनि साधारणभन्दा धेरै भइरहेको समाचार आइरहेको छ । भारतमा लोक प्रिय गायक कृष्णकुमार कुन्नथ ( केके) स्टेजमा गाउँदागाउँदै हार्ट एट्याक भएर बितेका छन् । यता नेपालमा पनि भर्खरै ९ कक्षामा पढ्ने बालिका, अर्की २० वर्षीय युवती र अन्य थुप्रैको हृदयघातबाट मृत्यु भएको समाचार आएको छ । अनि जति डोज थप्दै गयो उति इम्युनिटी घट्दै जाने छ, खतरा बढ्दै जानेछ, षड्यन्त्रकारी ग्लोबलिस्टहरुको लक्ष पूरा हुँदै जानेछ ।

नेपालको सन्दर्भमा कोरोना, सरकार र सरकारका नीति निर्माताहरु
नेपालमा कोरोनाको विषयमा नीति निर्माण गर्नेहरु को को हुन् ? लकडाउन, मास्क, सामाजिक दुरी आदिको आदेश कसले दिन्छ ? प्रधानमन्त्री रु स्वास्थ्य मन्त्री रु सचिव रु जनसंख्या तथा वातावरण मन्त्रालयकाहरु ? यिनीहरुले केको आधारमा सुई लगाउने, बुस्टर लगाउने, मास्क, लकडाउन, सामाजिक दूरी आदि कायम गर्छन् ? डब्लुएचओ, सीडीसीहरुले भनेको वा निर्देशन दिएको भरमा ? वा आफुले पनि यस विषयमा अध्ययन अनुसन्धान गरेका छन् ? छन् भने कुन उच्चस्थ डाक्टर, वैज्ञानिकहरुको रेफरेन्स दिन सक्छन् ? हामीले देख्दा त उनीहरुका मुख्य प्रवक्ता भनेका डा।एन्थोनी फउची, डा।टेड्रोस गाब्रियसस तथा डा।बिल गेट्स हुन् । डा।फउचीले जिन्दगी मेडिसिन प्राक्टिस गरेको छैन, टेड्रोस मेडिकल डाक्टर नभएर इथोपियाको कम्युनिस्ट आन्दोलनमा भाग लिएको पूर्व आतंककारी हो, अनि बिल गेट्स त्यो हो जसले आफुलाई विश्वका उच्च डाक्टर र वैज्ञानिकहरुभन्दा पनि जान्ने भई टोपल्छ । यिनीहरु सबैको विगत इतिहास हेर्दा कोही पनि विश्वासिलो र भर पर्दा छैनन् । अनि यस्ताहरुको भर र विश्वासमा केही नबुझी देशका जनतालाई मार्ने षड्यन्त्रमा सहभागी हुने ?
डाक्टरहरुलाई भ्याक्सिनको बारे पढाइएको हुँदैन त्यसमाथि पनि यो नयाँ भाइरस र भ्याक्सिनबारे अध्ययन गरेर दिमाग लगाएको कुनै कोणबाट देखिँदैन । उनीहरुले डब्लुएचओ, सीडीसी, एफडीएहरुको आदेश र निर्देशन हुबहु पालना गरेका मात्र देखिन्छ । विश्वका यत्रा उच्च कोटीका डाक्टर र वैज्ञानिकहरुले खोपको विरोध गरिरहेका छन् भने हाम्रा नीति निर्माता र डाक्टरहरुले चाहिँ समर्थन गर्नु दुईमध्ये एक कारण हुन सक्छ ।

१। कि त यिनीहरु वास्तवमै खोपका दुष्प्रभावहरुबारे अनभिज्ञ छन् ।
२। कि डलरमा बिकिसकेका छन् तसर्थ विरोध गर्न चाँहदैनन् ।
किनकि ग्लोबलिस्ट एलिटहरुले डब्लुएचओ जस्ता संस्थामार्फत आफ्नो योजना सफल गराउन अर्थात् मास्क, लकडाउन, पीसीआर टेस्ट, सामाजिक दूरी, ह्यान्ड स्यानिटाइजिङ लागु गर्न र खोप घोचाउने कार्यक्रमका निम्ति पैसाको खोलो बगाएका छन् भन्ने प्रमाणहरु प्रसस्त छन् । अतस् यहाँ पैसा आएको छैन भन्ने कुरा हुनै सक्दैन । तर कुन तहदेखि पैसा बाँडिएको छ त्यो भन्न सकिन्न !

टेड्रोसको नेपाल भ्रमण: यमराजको दूत सँग फोटो खिचाएर दंगदास परेकाहरु

डब्लुएचओको भूमिका र ग्लोबल प्यान्डेमिक ट्रिटी

डब्लुएचओ ईल्युमिन्याटीहरुको पूर्ण नियन्त्रणमा रहेको संस्था हो । ट्रम्प राष्ट्रपति हुँदा डब्लुएचओको गतिविधिबाट असन्तुष्ट भएर त्यसको आर्थिक बजेट रोकिदिएका थिए । तर बिल गेट्सले आफ्नो बिल एन्ड मेलिन्डा गेट्स पफउन्डेशनबाट १ करोड डलर दिएको थियो । अब आफै सोचौँ डब्लुएचओ कसको नियन्त्रणमा छ । यो कोरोना महामारीको नीति निर्माण र कार्यान्वयनमा यसको ठूलो हात छ । हालै डब्लुएचओले एउटा खतरनाक प्रस्ताव अघि सारेको छ जसलाई “ग्लोबल प्यान्डेमिक ट्रिटी” भनिन्छ । यो सन् २०२४ सम्ममा लागु गरिसक्ने उसको उद्देश्य हो । यो पारित भयो भने के हुन्छ जानिराखौँ । भविष्यमा आउने महामारी बाट सुरक्षित हुन र रोकाथाम गर्न यस सम्झौता वा सन्धिको आवश्यकता छ भनिएको छ । यसमा सबै राष्ट्रहरु अनिवार्य सहमति हुनुपर्छ भनिएको छ, अन्यथा विभिन्न कटौति वा प्रतिबन्धहरुको सामाना गर्नुपर्नेछ । यसअन्तर्गत डब्लुएचओले कुनै पनि बेला कुनै पनि बहानामा प्यान्डेमिक घोषणा गरेर उसले सिफारिस गरेको औषधि उपचार, भ्याक्सिन आदि अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ जुन त्यो देशको प्रसासनले अस्विकार गर्न पाउने छैन । अर्थात् कुनै पनि देशको कानूनभन्दा उ माथि हुनेछ । डब्लुएचओको गतिविधि धेरै अगाडिदेखि नकारात्मक रहिआएको छ । यो कोरोना कालमा पनि यसले जनताको भलो हुने अथवा बचाउने कामभन्दा पनि जनतालाई आतंकित पार्ने, अस्पतालमा मार्ने अनि असुरक्षित र खतरनाक भ्याक्सिनलाई प्रवर्द्धन गर्ने काम गरिरहेको प्रष्ट देखिन्छ । अतः प्रष्टै छ यो षड्यन्त्रकारी ग्लोबलिस्ट एलिटहरुको नियन्त्रणको संस्था हो अनि यसले माथि उल्लेखित शक्ति पाएको खण्डमा व्यक्तिको गोपनीयता र स्वतन्त्रता पूरै हनन हुने निश्चित छ । र आफ्नो र देशवासीको जीवनको चाबी डब्लुएचओ प्रमुख टेड्रोसको हातमा सुम्पिए बराबर हुनेछ जसलाई यमराजको दुत भन्दा फरक पर्ने छैन किनकि उनीहरुको उद्देश्य करोड होइन अरबौँलाई मार्ने हो । अतः हामीले यसको खुलेर विरोध गर्नुपर्छ ।

डब्लुएचओको कार्यकारी समिति हो “वर्ल्ड हेल्थ एसेम्ब्ली” र यसमा विश्वका १९४ सदस्य राष्ट्रहरुका प्रतितिधि सहभागी हुने गर्छन् । वर्ल्ड हेल्थ एसेम्ब्लीको भेला हालै २२ मे मा जेनिभामा सम्पन्न भएको थियो । विश्वका शक्तिशाली राष्ट्रहरु, जस्तै, युएसए, युके, क्यानाडा, जर्मनी, अष्ट्रेलिया, न्युजिल्यान्ड आदिले प्यान्डामिक् ट्रिटीको प्रस्ताव स्वीकृत गरेता पनि अफ्रीका, भारत, बंगलादेश जस्ता राष्ट्रले विरोध गरेको कारण त्यो पारित हुनबाट हाललाई रोकियो । तर षड्यन्त्रकारीहरुले घुमाईफिराई प्रयास जारि राख्नेछन् । तर हाललाई उनीहरुको हार अनि हाम्रो जित भयो भन्ने सोचे हुन्छ । नेपालको सन्दर्भमा डब्लुएचओ प्रमुख टेड्रोस हालै यहाँ आएर गएको छ । यहाँबाट समर्थन जुटाउन पैसाको खोलो बगाएको हुनुपर्छ । अतः यी पैसामा बिकिसकेकाहरुले देश र नाताको भलोभन्दा पनि आफ्नो निजी स्वार्थलाई प्राथमिकता दिन्छन् भन्ने कुरा एमसीसीबाटै नेपालीले देखिसकेका छन् । तर पनि जनता सचेत भएर विरोध गर्नु र अगाडि पनि पास गराउन नदिनु हाम्रो अस्तित्वका लागि अनिवार्य हो । यस बारे यो लेख पनि अध्ययन गर्नुहोला – https://gorakshapost.com/2022/05/07/72753.html

सरकारको दायित्व र कार्यशैली
यस षड्यन्त्रबारे सरकार सचेत छ कि छैन ? जानेर सहयोग गरिरहेको छ कि अन्जानमा ? उनीहरुलाई सरसल्लाह दिने स्वास्थ्यविद् को को हुन् अनि उनीहरु कत्तिको जानकार छन्, नैतिकवान् छन् ? बेलारुसका राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोले भनेका छन् वर्ल्ड बैंक र आईएमएफले “कोभिड रिलिपफ् ऐड” बापत उनलाई ९४० मिलियन डलर अफर गरेका थिए आफ्नो देशका जनताहरुलाई कोभिडको नाममा कढाइका साथ मास्क, लकडाउन, कफर्यूदेखि सुई हान्ने आदि काम गराउनलाई । तर उनले त्यो स्वीकार गरेनन् । पैसामा बिकेर जनतालाई धोका दिएनन् ।

यस षड्यन्त्र सफल पार्न यहाँ पनि विदेशबाट राम्रै रकम आएको अनि पाएको हुनुपर्छ । तर यहाँ त्यस्तो घुस लिन लोभ नगर्ने नैतिकवान् कति होलान रु षड्यन्त्रबारे उनीहरुलाई ज्ञान भए उनीहरुले अरुलाई सुई हान्न लगाएर घोर अपराध गरिरहेका छन् भने, ज्ञान नभए उनीहरुले पनि लगाइसके अनि त्यो घुस लिएको अनैतिक पैसा पक्कै पनि धेरै दिन उपभोग गर्न पाउने छैनन् । त्यसकारण व्यक्तिगत लोभ त्यागेर राष्ट्र र देशवासीलाई बचाउने राम्रो काम गरे त्यसको मूल्यांकन हुनेछ ।
अतस् सरकारले विदेशीहरुको ईशारामा यस्तो अनैतिक, अमानवीय कार्यमा सहयोग नगरोस अनि यो सुई हान्ने कार्य तत्कालै रोकोस्, साथै भविष्यमा लक्डाउन अदि नगरोस् । देशका जनता, अझ विशेष गरी युवाहरुलाई बचाओस् ।

न्युरेम्बर्ग नीति ( Nueremberg Code)
दोस्रो विश्वयुद्धको समय चिकित्सकीय अनुसन्धानको नाममा जर्मनहरुले यहुदीहरुलाई अमानवीय यातना दिएको तथा मारेको घटनालाई लिएर भएको अनुसन्धान र कानूनी प्रक्रिया अन्तर्गत अपराधीहरुलाई मृत्यु दण्ड समेतको सजाय दिलाइएको थियो । भविष्यमा त्यस प्रकारको घटना फेरि नदोहोरियोस् भनेर जर्मनीको न्यूरेम्बर्ग भन्ने स्थानमा बनाइएको दस बुँदे नियमलाई न्युरेम्बर्ग कोड भनिन्छ । र यो नियम सबै देशहरुलाई लागू हुनेछ र मान्नुपर्नेछ भनिएको छ ।
न्युरेम्बर्ग कोड् अनुसार, जसमाथि अनुसन्धान गरिन्छ उसले स्वइच्छाले मन्जुरी दिएको हुनुपर्छ । उमेर पुगेको हुनुपर्छ अनि आफ्नो इच्छा र रोजाइले मन्जूरी दिएको हुनुपर्छ । गर्न लागेको अनुसन्धानको नतिजा समाजको लागि उपलब्धिमूलक छ भन्ने निश्चित हुनुपर्छ । साथै गर्न लागेको मानव आधारित अनुसन्धान कुनै अन्य उपाय नहुँदा अन्तिम विकल्पको रुपमा मात्र प्रयोग गर्न पाइनेछ । मानिसमाथि अनुसन्धान गर्नुअघि जनावरहरुमा गरेर सफल भएपछि मात्र गर्न पाइनेछ । मानिसमाथि अनुसन्धान गर्दा अंगभंग हुने अथवा मृत्यु समेत हुनसक्ने सम्भावना छ भने गर्न पाइँदैन । अनुसन्धानमा प्रयोग हुने व्यक्तिलाई त्यसबाट हुन सक्ने फाइदा र हानी ९साइड इफेक्ट० दुवैबारे राम्ररी अवगत गराउनुपर्नेछ अर्थात् ष्लायचmभम अयलकभलत भएको हुनुपर्छ । कुनै पनि कारणले अनुसन्धान गरिने व्यक्तिले बीचैमा अनुसन्धानमा सहभागी हुन नचाहेमा अथवा उसलाई हानी नोक्सानी अथवा मृत्यु हुन सक्ने देखेमा अनुसन्धान तोड्न सक्नेछ ।
तर यो कोभिड कालमा न्यूरेम्बर्ग कोड्को ठाडै उल्लंघन गरिएको छ । लाखौँ मानिस अंगभंगदेखि मृत्युसम्म भइरहेको घटनाहरुलाई दवाएर अथवा लुकाएर “सेफ एण्ड एफेक्टिभ” भन्दै सुई घोचाउन लागिपरेका छन् । अतः न्युरेम्बर्ग कोड उल्लंघन गरेवापत न्युरेम्बर्ग २ भन्ने लागू गरेर कोरोना आतंक मचाउने अपराधीहरु ९फउची, बिल गेट्सलगायत०लाई कानूनबमोजिम सजाय दिलाई छाडने अठोट केही वकिल र सामाजिक अभियन्ताहरुले गरिरहेका छन्, जस्तै, रबर्ट एफ। केनेडी, एरोन सिरी, थमस रेन्ज, राइनर फ्यूलमिच आदि ।
यसै सिलसिलामा हामी यहाँ जोड्न चाहन्छौँ, हामीले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थियौँ तर उक्त मुध्दालाई औपचारिक रुपमा दर्ताहुन नदिई कहिले फ्रिज गर्ने र कहिले दरपिट् गर्ने नाटक मञ्चन भईरहेको छ।

साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि जनताको “राइट टु इन्फोर्मेशन” अनुसार जानकारी मागेका थियौँ तर ऐलेसम्म हामीलाई अल्मलाएर उल्लु बनाउने काम भइरहेको छ । जनताको स्वास्थ्य तथा जीवन मरणको सवालको यति ठूलो विषयलाई वेवास्ता गर्नु अपराधिक तथा अपत्तिजनक कुरा हो । र यहाँ हुने हरेक मृत्युको जिम्मेवार र हत्यारा उनीहरु पनि हुन् । जसले पनि विदेशीहरुको इशारामा कोरोना षड्यन्त्रमा हिस्सा लिन्छ त्यो न्युरेम्बर्ग ट्रायल २ मा तानिन सक्ने कुराको हेक्का राख्नु ।

यो ईश्वरीय शक्ति र दानवहरुको बीचको युद्ध हो ।
मानिस धन दौलत, शक्ति, पहुँच आदि सबै कुराले सम्पन्न भइसकेपछि उ आफै भगवान् बन्न खोज्छ । यही हालत अहिले यी ग्लोबलिस्ट एलिटहरुको भएको छ । यिनीहरुले सृष्टिको नियम विरुद्ध मानव जीवनमा र प्रकृतिमा समेत विनाशकारी परीक्षण र हस्तक्षेप गरिरहेका छन् । र यिनीहरुलाई सहयोग गर्ने सबै सम्वेदनहीन मानवता विरोधी शैतानी शक्तिहरु हुन चाहे विदेशका हुन् चाहे हाम्रै देशका किन नहुन् ।

यी इल्युम्युनाटीहरु ईश्वर नमान्ने शैतान पूजकहरु हुन्, यिनीहरुको गोप्य भेलाहरुमा मानव बलीदेखि लिएर बाल यौन हिंसा र हत्या समेत हुने गर्छ भनिन्छ । यही कारण कोरोनाको नाममा मन्दिर चर्चहरु बन्द गराउने काम समेत गरेका हुन् । अतः यिनीहरुको जीत हुनु भनेको मानवताको हार हो यसो हुन नदिनु हामी सबैको दायित्व हो । अन्ततः यिनीहरुले धेरै विनाश गरेरै छाड्नेछन् । किनकि त्यो नरोकिने प्रक्रिया शुरु भइसकेको छ । तर भन्छन् यस परिस्थितिबाट पार भइसकेपछि एक नयाँ सुनौलो युग आउनेछ ।
अन्त्यमा हामीले के गर्न सक्छौं, र के गर्नु पर्छ

  •  यी शैतानी शक्तिहरुको विरोधमा हामी जनता एक जुट् हुनुपर्छ । सरकारले अगाडी पनि मास्क, लक्डाउन आदि अनिवार्य गर्न खोजेको खण्डमा त्यसलाई विरोध र बहिस्कार गर्नुपर्छ। यो ईमरजेन्सि युज को अप्रमाणित, असफल खोपको कढाईका साथ विरोध र बहिस्कार गर्नुपर्छ।
  •  विषेश गरि बाल बालिकहरुलाई कुनै पनि हालतमा खोप दिन स्विकार नगरौं । स्कूल कलेज छुटाउनु परे परोस् तर सुई घोचाउने काम नगरौं । त्यसै पनि आउने दिनहरुमा परम्परागत शिक्षाको खासै महत्व हुनेछैन । त्यो भन्दा कुटे कोदालो गरेर खाद्यान्न उत्पादन गर्नेहरुको बढि महत्वहुनेछ ।
  •  ऐले सम्म जति जनाले जति वटा सुई घोचाए पनि अब आईन्दा त्यो काम न गरौं । पहिलो डोज मात्र लगाएको छ भने दोस्रो नलगाउँ, दोस्रो पनि लगाएको छ भने बुस्टर नलगाउँ, त्यो पनि लगाएको भए अरु नथपौं । प्रत्येक डोजले ईम्युनिटी कम हुँदैजानेछ र त्यसले अकालमा मृत्यु हुने सम्भावन बढाउँछ ।
  •   खोपका दुस्प्रभावहरुलाई निम्न गराउँने केही उपायहरु छन् तिनलाई सिकौं र अपनाउँ ।
  •  विषेशज्ञहरुले भनिरहेका छन् संसारमा ठूलो भुखमरी र आपतको स्थिति आउनेवाला छ । त्यसको लागि तयार भएर बसौ, अत्मनिर्भर बनौं, बालिनाली लगाऔं स्यारसम्भार गरौं । बाहिरबाट आउने खाध्यान्न आदिको भर नगरौं ।
  •  आफ्नै ज्यान बचाउन गाह्रो हुने अवस्थामा विवाहित माहिला पुरुषहरुले ऐले सन्तानको रहर नगरौं । दुई चार वर्ष हेरेर स्थिति के हुन्छ त्यसपछि मात्र विचार गरौं ।
  •  यति बेला विदेश जानुभन्दा आफ्नै देशमा आफ्नै परिवारसँग बसौं ।

यसमा हामी किन लागिपरेका छौँ, हाम्रो उद्देश्य र स्वार्थ के हो ?
हामीले यसबारे गहराइमा अध्ययन गर्‍यौँ । यसको गम्भिरताबारे बुझयौँ । बुझेपछि देशवासीमाथि हुन गइरहेको यत्रो ठूलो अपराध टुलुटुलु हेरेर बस्न सकेनौँ । त्यसैले हामी लागि परेका हौँ । देशका जनता अनि विशेष गरी बालबालिका बचाउनु हाम्रो उद्देश्य हो । यसबाहेक हाम्रो केही स्वार्थ छैन । हामी डलरमा बिकेकाहरु होइनौँ । हामीले उल्टै समय दिएर आफ्नो खल्तीबाट पैसा खर्च गरेर सारालाई सचेत गराउने प्रयास गरिरहेका छौँ । पर्चा, पुस्तकहरु छपायौँ, मिटिङ सभाहरु गर्‍यौँ, चेतनामूलक गीत रेकर्डिङ गरायौँ । कसैको साथ र सहयोग पाएनौँ, यसबाहेक हामीले व्यक्तिगत रुपमा अरु के गर्न सक्छौँ रु तपाईहरु मध्य कोहि यस अभियानमा जोडिन चहानुहुन्छ भने, देश र जनताको वास्तविक भलाई गर्न चाहनुहुन्छ भने अथवा आर्थिक सहयोग गर्न चहानुहुन्छ भने आउनुस हातेमालो गरौं ।

कोभिड–१९ षडयन्त्र विरुद्धको यो जागरण गीत अवश्य सुनौंरहेरौं र प्रचार गरौं— https://vimeo.com/696511814

अन्त्यमा: यो लेख लोक् कल्याण चाहने, जनतालाई माया गर्ने प्रगतिशील, ईमान्दार प्रशासकहरु समक्ष पुगोस् र सबैले अध्ययन गरुन् । अनि तत्कालै कसैले एक्शन लिउन्, अन्यथा नेपालीहरुको भविष्य अन्धकार छ । हामी र हाम्रा डाक्टरहरु सहितको टोली सरकारका प्रवक्ता, विषेशज्ञहरुसँग बहस, छलफल गर्न तयार छौँ ।

समर्थकहरु

पुर्व उल्लेखित एलोपेथीका डाक्टरहरु
डा सूर्यबहादुर कार्की ( आयुर्वेद),डा पूर्ण शाही ( प्राकृतिक),लक्ष्मण धमला,सुमन तिवारी,विक्रम कार्की,रविन गौतम,कृष्ण लुईंटेल,सुनिलकुमार महर्जन,गोपिकृष्ण थपलिया,महेश पाण्डे,पवना थापा,मोजिव अलि विद्रोही,रोशन अस्लामी मगर,क्रान्ति मानब,शम्शेर शाह,सोयाहाँग थम्सुहाँग लिम्बु,केरा तामाङ,प्रसन्ना अमात्य,शम्भु कुमार तान्डुकार,अशोक गौतम,कृष्ण लुईटेल,विकाश मानन्धर,रुपेशबाबु यात्री,माया वारी,श्याम श्रेष्ठ,दिपक बुढा,परमेश्वर दास कोईराला,लक्ष्मी पोखरेल अधिकारी,यज्ञराज पान्डे,कोपिला पाण्डे,प्रकाश थापा,खकुरेल एट् शिवयोग,कुमार चापागाई,प्रेम बस्नेत,डेभ्लपमेन्ट विकाश,अशोक कार्की,राजेश महर्जन,अजय थाकुल,जावेद हुसेन,दिनेश प्रसाद अधिकारी,गोपाल पाल्पाली आचार्य,भरत रुपाखेती,चेतनाथ नेपाल,मेघ बहादुर बस्नेत,सन्तोष न्यौपाने,युसुप मोक्तान,पार्वती पाण्डे,संजीव साह,सुदर्शन थापा,सम्पूर्ण सिँह,यम पुन,यज्ञराज पान्डे,कोपिला पान्डे,सन्तोष जैस्वाल,विशाल बावु,दिप चाम्लिङ,कुमार चापागाईं,दिलिप कुमार,गुरुङ,उमेश चन्द्र निरौला त्यागि,कुन्ति राणा,सजग नागरिक समाज

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: