नियोजित आर्थिक मन्दी र आत्महत्या : डा.आचार्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०७९, शनिबार
6 Min Read
Aa

डा. सम्मोद आचार्य (MBBS, MD)

जनस्वास्थ्यविरुद्ध महामारी सम्झौता (Pandemic Treaty) योजना

देशको आफ्नो परिवेश वातावरण र आर्थिक सामाजिक स्थिति आदिले स्वाथ्य शिक्षा जस्ता  सामाजिक व्यवस्था पनि निर्देशित हुनु राष्ट्रिय हितमा हुन्छ भन्ने कुरामा दुइ मत हुन सक्दैन। कुनै पनि रोगाका विषयमा अध्ययन गर्दा पनि त्यो रोगका अरु पक्ष जस्तै स्थानीय वातावरण मानिसहरुको आनुवंशिक गुण रहन सहन खानपान आदिले पार्ने प्रभाव पनि अत्यन्त महत्त्वपूर्ण हुन्छन्। अतः कुनै रोगका नाममा संसारभर एकैकिसिमले नियन्त्रणका उपाय गर्नुपर्छ भन्नु लाभदायक हुन सक्तैन उल्टो धेरै किसिमले हानिकारक हुने सम्भावना हुन्छ भन्ने कुरा बुझ्न कठिन छैन।

महामारीको नाममा सदस्य राष्ट्रका नियम कानुन सबै भन्दा माथि रहेर कुनै महामारी घोषित गरी आफ्ना नीति निर्देशन मान्न बाध्य बनाउने खालको प्रस्ताव ‘द वर्ल्ड् टुगेदर्’ नाम दिएको २०२१ डिसेम्बरको विश्वस्वास्थ्य संगठनको भेलामा पारित गराइएको छ। महामारी घोषित गर्ने सम्पूर्ण अधिकार र महामारीको नियन्त्रणका निहुँमा जनताका सबै मूलभूत अधिकारहरूविरुद्ध कार्य गर्न निर्देशन दिएमा पनि सम्झौता मानेका सबै सदस्य राष्ट्रले त्यो मान्नै पर्ने नमानेमा नाकाबन्दी गर्नेसम्मका प्रावधान राख्न खोजिएको यो प्रस्तावित सम्झौताले कुनै राष्ट्रको सार्वभौमिक स्वतन्त्रता र जनताको अधिकारको धज्जी उडाउने र पूर्ण नियन्त्रित विश्व व्यवस्थाको लागि समाजको र व्यक्तिका आर्थिक सामाजिक धार्मिक आदि सबै क्रियाकलापको नियन्त्रण गर्ने मात्र नभै व्यक्तिको शरीरमाथि पनि औषधि उपचार वा प्रतिरोधक खोपका निहुँमा व्यक्तिगत स्वतन्त्रताको कुनै पनि मान्यता नराखी सोझै बल प्रयोग गर्न सक्ने बनाउन खोजेको भन्ने बुझिएको छ। महामारीको परिभाषा पनि आफै बनाएर त्यो निहुँमा जे जे निर्देशन दिन सकिने बनाउन खोज्नु अत्यन्त घातक र जनविरोधी कार्य हो। आफ्ना देशभित्रको रोगको परिस्थिति आकलन गरेर त्यसै अनुसार काम गर्नै नपाउने बनाउने अभ्यास कोरोनाको महामारीका नाममा प्रारम्भ गरिसकिएको छ।  यो सम्झौताले प्रभावकारी उपचारको निर्णय चिकित्सकले गर्ने कार्यमा रोक लगाउने, जुन कार्य हाल पनि व्यापक रूपमा भएको छ, तथा आफ्ना मौलिक पद्धति उपचार आदि समेत अवैध घोषित गराउने तथा पूर्ण रूपमा स्वतन्त्रता समाप्त पारेर मानवाधिकारको धज्जी उडाउने सम्भावना छ भनेर अहिलेको अनुभवका आधारमा पनि बुझ्न सकिन्छ। विश्वमा स्वतन्त्र वैज्ञानिक चिकित्सकका विश्लेषण र सुझाव जनतासम्म पुग्नबाट व्यापक रूपमा अवरोध तथा सत्य तथ्य र उपयोगी उपचारको पक्षमा बोल्दा कारवाही गर्ने जस्ता अत्यन्त अनुचित तथा जनविरोधी कार्य अनैतिक अहङ्कारी व्यापारतन्त्रले प्रजातान्त्रिक भनिने शासकहरुबाट गराइएको हुँदा भविष्यमा त्यो दोहोरिने सम्भावनाबाट पनि जनहितमा काम गर्ने हामी सबैले सिक्नुपर्छ।

कोरोनाको महामारीको नाममा देशभित्र कुनै समस्या नै प्रारम्भ नहुँदा त्यही संस्थाको ठाडो र अनुचित आदेशको भरमा गरिएको भन्ने बुझिएको निर्मम र अवैज्ञानिक  लकडाउनले लामो समयसम्म विकराल रूपमा आर्थिक सामाजिक मनोवैज्ञानिक समस्या ल्याएको र आर्थिक मानसिक समस्याका कारण आत्महत्याको दर निकै बढाएको हामीले देखिसकेका छौँ। भोकभोकै पारिएर सीमानामा रोकिएकाहरुको बिचल्ली अनि रोग फैलन नदिने भनेर अत्यन्तै फोहोर र साँघुरा कथित क्वारेण्टिनमा जबर्जस्ती राखेर बिरामी पारिएका त्यहाँ झाडा पखाला लाग्दा जीवनजलसम्म नपाउने बनाएर कतिपयको मृत्यु हुँदा पनि राज्यले त्यो कार्य नरोकेको र संवेदनाहीन बनेको घटनाबाट हामीले बाहिरी हस्तक्षेपबाट परिचालित भई राष्ट्रको स्वतन्त्रता गुमाएर गरिएका कार्य कति घातक हुन सक्छन् भनेर सजिलै बुझ्न सक्छौँ। “घर भित्रै बस्ने” जस्तो शारीरिक मानसिक रूपमा स्वास्थ्य ध्वस्त पार्ने निर्देशन जारी गरेर त्रासको सिर्जना गरी जे भने पनि बहुसंख्यक जनताले पत्याउने स्थिति ल्याउने कार्य गरीसकिएको छ। तर नियमित व्यायाम, पर्याप्त निद्रा, घाम ताप्ने, खुला वातावरणमा बस्ने शरीरको तौल ठिक राख्ने, हानिकारक बट्टाबन्द र बोतलका हानिकारक खाने कुरा नखाने जस्ता अति नै लाभदायक कुराको प्रचार नगरी केवल त्रास बढाएर रोगप्रतिरोध क्षमता घटाई झन् रोगी बनाउने कार्य गरिएको बुझ्न अब चिकित्साविज्ञानको ज्ञान नभएका व्यक्तिका लागि पनि कठिन छैन। हाम्रो परम्परासित जोडिएको र लामो अनुभवले खारिएका सङ्क्रमण र सङ्क्रमणको ज्वरोमा अति नै लाभदायक आयुर्वेदविज्ञानका सिद्धान्त र सुलभ उपचारको व्यापक प्रयोग गर्ने वातावरण पनि विदेसी निर्देशनले गर्दा नै बन्न नदिइएको र सामान्य हेरचाह खनापानका नियम घरैका उपचारले ठीक हुन सक्ने र सिकिस्त हुनबाट रोक्नसक्ने कुरा बुझ्नै नचाहेर एकोहोरो रूपमा परीक्षणबाट नै सन्धिग्ध रेम्डेसिभिर् जस्ता आयातित महङ्गा  उपचारको व्यापक दुरुपयोग गरी धनजनको क्षति भएको उदाहरण हाम्रो अगाडि छ। ज्वरोले सङ्क्रमणसित लड्न ठुलो सहयोग हर्नसक्ने कुरा बुझ्न र बुझाउनभन्दा दबाउन यसबाट हुने लाभबाट वञ्चित गराउने किसिमले विश्वमा कथित विश्वसंस्था नै लागेको छ। सङ्क्रमण भएर निको भएकामा हुने बलियो प्रतिरोध क्षमताको कुरै नगर्ने अत्यन्त अवैज्ञानिक र चिकित्साविज्ञानको मूलभूत सिद्धान्तकै विरुद्ध कार्य पनि यिनै संस्थार तिनकै निर्देशनमा शासनले गरीरहेका छन्।   यसबाट बेलैमा सिकेर विश्वव्यवस्था आफ्नो हातमा लिनेहरुबाट निर्देशित भई अवैज्ञानिक र हानिकारक कुरा जनताको हितका लागि भनेर झुक्याउन लागिरहेको कथित स्वास्थ्यसंस्थामाथि विश्वास गर्नु भविष्यको लागि घातक हुने कुरा बुझौँ र आ-आफ्नो तर्फबाट बुझाउने र प्रतिरोधका लागि कार्य गरौँ। उपयुक्त आहार विहार अर्थात् , रसायनिक विषरहित पोषणयुक्त भोजन, निद्रा, परिश्रम तथा विश्राम, स्वच्छ वायु जस्ता धेरै रोग व्याधिबाट बचाउने सबैका लागि लाभदायक कुराको शिक्षा दिने-लिने कार्यमा जोड दिदैँ आफ्नो स्वास्थ्य व्यवस्था पूर्ण रूपमा बहुराष्ट्रिय अनैतिक व्यापारीको हातमा जानबाट रोक्नु आजको मुख्य आवश्यकता बनेको छ।

उपयोगी जानकारी प्राप्त गर्न यी वेवसाइटबाट पढ्न सक्नुहुन्छ।

https://off-guardian.org/2022/02/26/who-planning-new-pandemic-treaty-for-2024/ 

What’s Really Behind WHO’s Plan to Create an International ‘Pandemic Treaty?’

 

 

 

प्रतिक्रिया दिनुहोस्