‘प्रहरी मेरो साथि ” डिएसपी ले सत्याग्रहमा रहेकी गंगामाया अधिकारीमाथि बल प्रयोग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०७९, शुक्रबार
3 Min Read
Aa
गंगामाया

काठमाण्डौ – एकातिर ” प्रहरी मेरो साथी ” को नारा छन् भने अर्को तिर भने
नुर प्रसाद अधिकारीले प्रहरी ज्यादती को बिरुद्ध आफ्नो फेसबुक वाल मा ” प्रहरी मेरो आमा गङ्गामाया अधिकारीलाई कुटपिट लछारपछार गरि हात समेत मर्काइदियको” पोस्ट गरेको छ। आरोपमा डिएसपी शालिग्राम शर्माले गय राती ११ बजे वीर हस्पिटलमा गएर ‘ न्याय मागेकी मेरो आमा गङ्गामाया अधिकारीलाई कुटपिट लछारपछार गरि हात समेत मर्काइदियको अबस्था छ ‘ भनि लेखिएको छ

 

 

२०६१ सालमा अपहरणपछि हत्या गरिएका १७ वर्षीय छोरा कृष्ण प्रसाद अधिकारीका हत्यारालाई कार्वाहीको माग गर्दै सत्याग्रहमा रहेकी गंगामाया अधिकारीमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको छ ।

छोराको हत्यारालाई कानुनी कार्वाहीको माग गर्दै अनशनरत अधिकारी बुधबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने भन्दै अपरान्ह वीर अस्पतालबाट पैदल नै हिंडेर गैरिधारासम्म पुगेपछि त्यो भन्दा अगाडि बढ्न नदिएर वीर अस्पतालमा नै फिर्ता ल्याउने क्रममाअधिकारी अस्पताल फर्किन नमानेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले अनावश्यक बल प्रयोग गर्दा अनशनरत अधिकारीको हात मर्किएको छ भने ढाडमा चोट लागेको छ ।

                                                            गङ्गामाया अधिकारीलाई कुटपिट लछारपछार गरि हात समेत मर्काइदियको छ

२०६९ साउन १६ गतेदेखि वीर अस्पतालमा बसेर न्यायको लागि लडाइँ लडिरहेकि अधिकारीका श्रीमान नन्द प्रसाद अधिकारीको अनशनकै क्रममा निधन भैसकेको छ । उनको अहिलेसम्म अन्त्येष्टि हुन सकेको छैन भने उनकी धर्मपत्नी गंगामाया अधिकारी अहिलेसम्म पनि सत्याग्रहमै छिन ।

१३ औं अनशनको ६३ दिन बितिसक्दा समेत राष्ट्रिय मानवअधिकार आयोग, अधिकारकर्मी, मिडिया एंव सक्रंमणकालीन न्यायमा चासो राख्नेहरू समेत उनको न्यायको अभियानबाट टाढिदैं गएका छन् जसले न्याय प्राप्तिको उनको अभियान कमजोर बनिरहेका बेला प्रहरीले उनिमाथि अनावश्यक बल प्रयोग गरेको हो । प्रहरीले सत्याग्रही अधिकारीमाथी गरेको व्यवहारलाई खेदजनक रहेको टिप्पणी गर्दै प्रहरीले गरेको ज्यादतीको निन्दा गरेका छन् ।

                                                                               घाइते गंगामाया

‘कि न्याय कि मृत्यु’को अन्तिम विकल्प सहित सत्याग्रहमा रहेकी अधिकारीले भने आफूलाई सुरक्षा दिन भनेर राज्यले खटाएको प्रहरीले गरेको व्यवहारले राज्य नै आफूप्रति अन्याय गर्न अग्रसर रहेको उल्लेख गर्दै आफू न्यायको लडाईमा अझै सशक्त भएर लाग्ने जनाएकी छिन् । बल प्रयोगको सन्दर्भ प्रहरीले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

Array