पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणाः वायुसेवा कम्पनीको विरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने र कडाई गर्ने विषय प्रति वायुसेवा कम्पनीहरुले विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न, नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले संवाद नै नगरी मन्त्रीबाट एकतर्फी अभिव्यक्ति दिएको बताएका हुन् । यसअघि १ असारमा संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए । अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array