फिफा विश्व कप २०२६ का लागि १६ सहरहरूको नाम सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । फिफा विश्व कप फुटबल २०२६ को समुह चरण सञ्चालन हुने लागि १६ सहरको नाम सार्वजनिक गरिएको छ ।

अमेरिकाको न्यूयर्कबाट शुक्रबार प्रसारण भएको एक लाइभ टिभी कार्यक्रममार्फत फिफाले आयोजक सहरहरूको नाम घोषणा गरेको हो । सन् २०२६ मा आयोजना हुने विश्व कप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछन् ।

- Advertisement -
Ad imageAd image

इतिहासमा नै पहिलो पटक विश्व कप ३ राष्ट्रले आयोजन गर्दै छन् । साथै ४८ राष्ट्रको उपस्थिति हुने सो विश्वकप इतिहासको नै सर्वाधिक सहभागिता हुनेछ।

यस घोषणालाई फुटबलको इतिहासमा नै सबै भन्दा छोटो र पारदर्शी बोलकबोल रहेको फिफाले जनाएको छ । सबै सरोकारवालाहरूलाई समावेश गरी सो घोषणा गरिएको हो ।

विश्वकप आयोजना हुने औपचारिक सहरहरु :

अमेरिकाका सहरहरु
न्यू योर्क, न्यू जर्सी–मेटलाईफ स्टेडियम
लस एन्जल्स–सोफी स्टेडियम
डालास–एटी एण्ड टी स्टेडियम
सेन फ्रान्सिस्को बे एरिया–लेभि’स स्टेडियम
मायामी– हार्ड रक स्टेडियम
एटलान्टा–मर्सिडिज–बेन्ज स्टेडियम
सिएटल–लुमेन स्टेडियम
ह्युस्टन–एनआरजी स्टेडियम
फिलाडेल्फिया– लिङ्कन फाइनेन्सियल फिल्ड
कन्सास सिटी, मिसौरी–एरोहेड स्टेडियम
बोस्टन–जिलेट स्टेडियम

मेक्सिको र क्यानेडाका सहरहरु
ग्वाडालाजारा–एक्रोन स्टेडियम
मनरे–बीबीभीए बेनकोमेर स्टेडियम
मेक्सिको सिटी–आख्तेका स्टेडियम
टोरन्टो–बीएमओ फिल्ड
भ्यानकुभर–बीसी प्लेस

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्